News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरा एभेन्जर्सले आयोजना गर्न लागेको नेपथ्यको कन्सर्टका लागि राखिएको ९९९ रुपैयाँको विशेष जर्सी १३ घण्टामै सकिएको छ।
- कन्सर्ट नोभेम्बर ७ मा पोखरा रंगशालाको फुटबल स्टेडियममा हुनेछ र टिकट नलाग्ने तर जर्सी खरिदकर्ताले मात्र सहभागी हुन पाउनेछन्।
- जर्सी बिक्रीबाट उठेको रकम गण्डकीका सामुदायिक विद्यालयमा क्रिकेट किट वितरणमा खर्च गरिने एभेन्जर्सले जनाएको छ।
१४ कात्तिक, पोखरा । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले आयोजना गर्न लागेको नेपथ्यको कन्सर्ट हेर्नका लागि राखिएको ९९९ रुपैयाँको विशेष जर्सी १३ घण्टामै सकिएको छ।
‘क्रिकेटका लागि नेपथ्य’ नारासहित आगामी नोभेम्बर ७ (शुक्रबार) पोखरा रंगशालाको फुटबल स्टेडियममा आयोजना हुने कन्सर्टका लागि टिमले सुरुका १ हजार समर्थकलाई ९९९ रुपैयाँमै जर्सी दिने घोषणा गरेको थियो। बिहीबार साँझ ६ बजेदेखि शुक्रबार बिहान ७ बजेसम्मै ती सबै जर्सी बिक्री भइसकेको पोखरा एभेन्जर्सले जनाएको छ।
‘पोखरा एभेन्जर्स र नेपथ्यप्रतिको माया र उत्साहले हामी उत्साहित भएका छौं,’ टिमका अध्यक्ष सुबोध त्रिपाठीले भने, ‘१३ घण्टामै १ हजार जर्सी बिक्री हुनु पोखराका क्रिकेट समर्थक र संगीतप्रेमी दुवैका लागि गर्वको विषय हो। क्रिकेटको विकासमा लिजेन्ड्री ब्यान्ड नेपथ्यसँग सहकार्य गर्न पाउँदा हामी खुशी छौं।’
कन्सर्टमा प्रवेशका लागि टिकट पर्ने छैन। पोखरा एभेन्जर्सको जर्सी खरिद गरेका समर्थकले मात्र कन्सर्टमा सहभागी हुन पाउनेछन्।
जर्सी बिक्रीबाट उठेको रकम गण्डकीका सामुदायिक विद्यालयमा क्रिकेट किट वितरणमा खर्च गरिने एभेन्जर्सले जनाएको छ।
 
                    










 २०८२ कात्तिक  १४ गते १७:१६
                        २०८२ कात्तिक  १४ गते १७:१६                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4