News Summary
Generated by OK AI. Editorially reviewed.- भारतका बिनायक सिं यादवले स्व. कुमार ग्वाछा स्मृति ओपन फिडे रापिड रेटिङ्ग २००० मुनि चेस प्रतियोगिताको उपाधि जिते।
- प्रतियोगिता भक्तपुर युवा टिमद्वारा आयोजित थियो ।
१० जेठ, काठमाडौं । १२७ जना खेलाडी सहभागी स्व. कुमार ग्वाछा स्मृति ओपन फिडे रापिड रेटिङ्ग २००० मुनि चेस प्रतियोगिताको उपाधि भारतका बिनायक सिं यादवले चुमेका छन्।
भक्तपुर युवा टिमद्वारा आयोजित सो प्रतियोगितामा भारतीय खेलाडी बिनायक सिंले यादवले नेपालका मुहान नरसिंह सँग समान ८ अंक जोडेर प्रोग्रेसिभ प्वाइन्ट ४७ विरुद्ध ५१ का आधारमा विजेता बनेका छन्।
यादवले नेपाल बसाइ सुखद बनाउदै ट्रफि र नगद २५ हजार हात पारेका छन्। मुहान नरसिंहले दोस्रो स्थानमा चित्त बुझाउदै नगद १५ हजार प्राप्त गरेका छन्।
काठमाडौंका प्रेमकृष्ण महर्जनले एकल ७.५ अंक जोडेर तेस्रो स्थानमा रहँदै नगद १० हजार जितेका छन्।
स्पर्धामा राम्रो खेल प्रदर्शन गरेका कमल श्रेष्ठले ७ अंक बनाए सँगै चौथो स्थान प्राप्त गरी नगद ८ हजार, रिसोन थापाले छैटौं हुँदै नगद ६ हजार प्राप्त गरेका छन्।
नेपालीका खेलाडी प्रकाशचन्द्र नेपाल, राजन पुरी, भारतका आशुतोष कुमार, कान्तिपुर चेस क्लबका डसबि कार्कीले समान ९ अंक जोडेर क्रमशः नवौं बन्दै नगद रु. ५ हजार पुरस्कार प्राप्त गरेका छन्।
भाग्यमानी खेलाडी धिरेन राईले ६.५ अंक जोडर दशौं स्थान ओगटेका छन्। श्रेष्ठले नगद ५ हजार पुरस्कार जिते।
अन्य विधागत पुरस्कारमा उत्कृष्ट भक्तपुर जिल्लाका निकेन कुसाथा, उत्कृष्ट भक्तपुर नगर प्रथम पुरुषोत्तम दुवाल, द्वितीय गणेशमान दुवाल, उत्कृष्ट अनरेटेड कैलाश शरण अशोक पण्डित, उत्कृष्ट सिनियर अशोकमोहन श्रेष्ठ, महिलामा कुशुम घिसिङ उत्कृष्ट बनिन्।
यसैगरी १९ सय रेटिङ मुनि सिएम भगवती प्रसाद शर्मा, १७ सय मुनि राजेन्द्र राई, युवा १६ वर्षमा सजल न्यौपाने, १४ मा प्रत्युस श्रेष्ठ, १२ मा सात्विक मान तुलाधर र १० मुनि हृदय बस्नेत उत्कृष्ट ठहरिए।
प्रतिक्रिया 4