+

हिमालयन क्वीन्स ग्याम्बिट आइतबार हुने, १०० खेलाडीले प्रतिस्पर्धा गर्ने

२०८२ साउन  २९ गते २१:०५ २०८२ साउन २९ गते २१:०५
हिमालयन क्वीन्स ग्याम्बिट आइतबार हुने, १०० खेलाडीले प्रतिस्पर्धा गर्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा आइतबार ‘हिमालयन क्वीन्स ग्याम्बिट’ महिला चेस प्रतियोगिता हुँदैछ।
  • प्रतियोगितामा १ सय अनरेटेड महिला खेलाडीले सात राउन्ड र्‍यापिड चेस खेल्नेछन्।
  • खुला र विद्यालयतर्फ शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र दिइनेछ।

२९ साउन, काठमाडौं । काठमाडौंमा आइतबार ‘हिमालयन क्वीन्स ग्याम्बिट’ नामक महिला चेस प्रतियोगिता हुँदैछ। अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को ‘सोसल इयर २०२५’ अन्तर्गत एसियाको एक मात्र यो प्रतियोगिता हिमालयन चेस एकेडेमीले कोसी प्रदेश बुद्धिचाल महासंघ र सेन्ट जेभियर कलेजसँगको सहकार्यमा आयोजना गर्न लागेको हो।

प्रतियोगितामा विभिन्न उमेर समूहका १ सय अनरेटेड महिला खेलाडीले ओपन र स्कुलतर्फ प्रतिस्पर्धा गर्नेछन्। स्वीस लिग प्रणालीमा हुने र्‍यापिड चेसमा सात राउन्ड खेलाइनेछ, जसमा प्रत्येक खेलाडीलाई १० मिनेट समय दिइनेछ।

खुला र विद्यालयतर्फ शीर्ष तीन स्थान हासिल गर्ने खेलाडी/स्कुललाई ट्रफी, मेडल र प्रमाणपत्र दिइनेछ। यू-१०, यू-१३, यू-१६ र ५० वर्षमाथिका खेलाडीका लागि छुट्टै वर्ग पनि रहनेछ।

हिमालयन चेस एकेडेमीले यसअघि पनि विभिन्न चेस प्रतियोगिता आयोजना गर्दै आएको छ।

एकेडेमीले थापाथली र भक्तपुरमा चेस तालिम सञ्चालन गर्दै आएको छ भने अनलाइन कक्षा, विद्यालय र समुदायमा कार्यशाला र विशेष प्रशिक्षण पनि दिइरहेको छ।

हिमालयन क्वीन्स ग्याम्बिट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय