+

मलेसियामा आरटीएफसी गोल्डकप फुटबल सुरु, १७ टिमको सहभागिता

२०८२ जेठ  २४ गते १२:०९ २०८२ जेठ २४ गते १२:०९
मलेसियामा आरटीएफसी गोल्डकप फुटबल सुरु, १७ टिमको सहभागिता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मलेसियाको सेलाङ्गरमा आरटीएफसी गोल्डकप फुटबल २०२५ सुरु भयो।
  • प्रतियोगितामा १७ नेपाली टिमले भाग लिएका छन् र पुरस्कार रकम ३०,००० मलेशियन रिङ्गिट छ।
  • आयोजक र सहभागीहरूले खेलकुद र नेपाली समुदायको एकता प्रवर्द्धन गर्ने उद्देश्य व्यक्त गरे।

२४ जेठ, काठमाडौं । मलेसियाको सेलाङ्गर राज्यस्थित साआलमको पानासोनिक कम्प्लेक्स, सुकान नेगरा मैदानमा आरटीएफसी गोल्डकप फुटबल २०२५ सुरु भएको छ।

प्रतियोगितामा १७ नेपाली टिमले भाग लिएका छन्। उद्घाटन समारोहमा नेपाली राजदूत डा. नेत्र प्रसाद तिम्सिना, एनआरएनए मलेसिया अध्यक्ष राकेश प्रसाद महतो, आरसी हरि भट्टराई, आईसीसी सदस्य टेक बी टमटा, जनसम्पर्क समिति प्रवक्ता सरोज दाहाल, दूतावासका प्रथम सचिव बलिराम धामीलगायतको उपस्थिति थियो।

प्रतियोगितामा प्रथम पुरस्कार २०,००० मलेसियन रिङ्गिट, दोस्रो पुरस्कार १०,००० मलेसियन रिङ्गिट राखिएको छ। उत्कृष्ट खेलाडी, गोलकिपर, स्कोरर र डिफेन्डरलाई जनही ३०० र म्यान अफ द म्याचलाई १०० रिङ्गिट प्रदान गरिनेछ। प्रतियोगिता दुई दिनसम्म चल्नेछ।

आयोजक आरटीएफसी.का अध्यक्ष राजु तामाङले मलेसियामा रहेका नेपालीहरूलाई खेलकुद र संस्कृति तर्फ जोड्ने लक्ष्य राखिएको बताए।

एनआरएनए मलेसिया अध्यक्ष महतोले यस्ता कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए। प्रतियोगिता नेपाली समुदायको एकता र खेलकुद विकासमा सहयोगी हुने अपेक्षा गरिएको छ।

आरटीएफसी गोल्डकप फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय