+

पभिलियन दृष्टिविहिन चेस प्रतियोगिता सुरु

२०८२ मंसिर  २६ गते २०:५४ २०८२ मंसिर २६ गते २०:५४
पभिलियन दृष्टिविहिन चेस प्रतियोगिता सुरु

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पभिलियन चेस एकेडेमी र नेपाल त्रिवासा संस्थाले दृष्टिविहिन चेस प्रतियोगिता २०८२ नेशनल सहकारी महासंघमा सुरु गरेको छ।
  • प्रतियोगितामा ६ वटा विद्यालयका ४९ दृष्टिविहिन खेलाडी सहभागी छन् र स्वीस लिग अन्तर्गत ६ राउण्डसम्म खेल हुनेछ।
  • नेपालका लागि जर्मनका राजदुत युडो भल्स र नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हिराकाजी महर्जनले उद्घाटन संयुक्त रूपमा गर्नुभएको छ।

२६ मंसिर, काठमाडौं । पभिलियन चेस एकेडेमी र नेपाल त्रिवासा संस्थाको संयुक्त आयोजनामा दृष्टिविहिन चेस खेलाडीहरुको लागि ‘पभिलियन दृष्टिविहिन चेस प्रतियोगिता २०८२’  नेशनल सहकारी महासंघ हरिहर भवनमा सुरु भएको छ ।

नेपालमा पहिलो पटक आयोजना भएको दृष्टिविहिन चेस प्रतियोगिताको उद्घाटन नेपालका लागि जर्मनका राजदुत युडो भल्स र नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हिराकाजी महर्जनले संयुक्त रूपमा गरे । प्रतियोगितामा ६ वटा विद्यालयको सहभागिता छ ।

ल्यावोटरी स्कूल (कीर्तिपुर), नमुना मछिन्द्र उच्च मावि ( लगनखेल), संजीवनी उच्च मावि( धुलिखेल ), पृथ्वी नारायण उच्च मावि (तारकेश्वर), आदर्श सेकेण्डरी स्कुल (सानो ठिमी) र अपाङ्ग सेवा संघ (बुङ्ममति)का ४९ जना दृष्टिविहिन खेलाडीहरुको सहभागिता रहेको छ भने प्रतियोगिता स्वीस लिग अन्तर्गत ६ राउण्ड सम्म चल्ने छ ।

विशेषज्ञहरूका अनुसार बुद्धिचाल (चेस) दृष्टिविहिन बालबालिकाका लागि स्मरण शक्ति, धैर्य, मानसिक स्थिरता र केन्द्रित सोच विकास गराउन अत्यन्त प्रभावकारी खेल हो । पभिलियन्स चेस एकेडेमीले विगतका वर्षहरूमा सयौँ बालबालिकालाई प्रशिक्षण दिँदै आएको छ र यसमार्फत विभिन्न उमेर समूहका राष्ट्रिय च्याम्पियन खेलाडी उत्पादन गरिसकेको छ ।

त्यस्तै नेपाल त्रिविसा शिक्षा, सामाजिक सशक्तिकरण, सीप विकास तथा समावेशी विकासका कार्यक्रममार्फत सीमान्तकृत समुदायहरूको हितमा काम गर्दै आएको गैरनाफामूलक संस्था भएको बताइएको छ ।

उद्घाटनको दिन २ राउण्डको खेल समाप्त भएको छ भने बाँकी ४ खेल भोलि खेलाइने छ ।

पभिलियन दृष्टिविहिन चेस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय