News Summary
Generated by OK AI. Editorially reviewed.- यूएईको दुबइमा भइरहेको पाँचौं एसियाली युथ पारा गेम्सअन्तर्गत तेक्वान्दोमा नेपालकी रेणु तामाङले शुक्रबार कांस्य पदक जितेकी छन्।
- रेणुले पहिलो खेलमा बंगलादेशकी नस्रिन अख्तरलाई पराजित गर्दै सेमिफाइनल पुगेकी थिइन्।
- सेमिफाइनलमा इरानकी जहरा सोल्तानीले रेणुलाई हराइन् र रेणुले कांस्य पदक जितिन्।
२६ मंसिर, काठमाडौं । यूएईको दुबइमा भइरहेको पाँचौं एसियाली युथ पारा गेम्सअन्तर्गत तेक्वान्दोमा नेपालकी रेणु तामाङले शुक्रबार कांस्य पदक जितेकी छन् ।
पहिलो खेलमा रेणुले बंगलादेशकी नस्रिन अख्तरलाई पराजित गर्दै सेमिफाइनल पुगेकी थिइन् ।
प्रशिक्षक कविराज नेगी लामाका अनुसार रेणुले पहिलो राउन्डमा १५–३ र दोश्रोमा १२–० अंक बटुलिन् ।
सेमिफाइनलमा इरानकी जहरा सोल्तानीले रेणुलाई हराइन् । रेणु पहिलो राउन्डमा ०–२ र दोश्रोमा ०–१ ले पछि परिन् ।
प्रतिक्रिया 4