+

रोलर स्पीड स्केटिङको तयारी पुरा

२०८२ मंसिर  २६ गते २०:५३ २०८२ मंसिर २६ गते २०:५३
रोलर स्पीड स्केटिङको तयारी पुरा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल स्केटिङ तथा स्केटबोर्डिङ एसोसिएसन र रेयान्स स्केट पार्क रुकुमपुर्वले प्रथम खुल्ला रोलर स्पीड स्केटिङ प्रतियोगिता मंसिर २७ गते चिउरेनीमा आयोजना गर्नेछन्।
  • प्रतियोगितामा नेपालभरिका महिला र पुरुष खेलाडी सहभागी हुनेछन् र प्रथम, द्वितिय, तृतीय स्थान हासिल गर्ने खेलाडीले नगद पुरस्कार र मेडल पाउनेछन्।
  • संघका अध्यक्ष अच्युत खनालले स्केटिङको विकास र व्यवसायिकताका लागि यस्ता प्रतियोगिताहरू आवश्यक रहेको बताउनुभयो।

२६ मंसिर, काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ एसोसिएसन र रेयान्स स्केट पार्क रुकुमपुर्वको संयुक्त आयोजनामा गर्न लागेको प्रथम खुल्ला रोलर स्पीड स्केटिङ प्रतियोगिताको तयारी पुरा भएको छ ।

आयोजक रियाँस स्केट पार्क सिस्नेका प्रमुख अस्मी घर्तीका अनुसार प्रतियोगिता यही मंसिर २७ गते बिहान १० बजेबाट सिस्ने गाँउ पालिका वडा नं ६ चिउरेनीमा हुनेछ ।

खुल्ला प्रतिस्प्रधामा नेपा भरीका महिला तथा पुरुष खेलाडीहरू समावेश हुने छन् । प्रतिस्पर्धामा प्रथम, द्वितिय र तृतीय स्थान हासिल गर्ने महिला तथा पुरुष खेलाडीहरुले नगद पुरस्कार क्रमश: १० हजार, ७ हजार ५०० र रु ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।

युवा जमातका बिच लोकप्रिय खेल स्केटिङको विकास, प्रवर्द्धन तथा व्यवसायिकताका लागि नेपालमा यस्ता प्रतियोगिताहरू आवश्यक रहेको संघका अध्यक्ष अच्युत खनालले जानकारी दिए ।

रोलर स्पीड स्केटिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय