News Summary
Generated by OK AI. Editorially reviewed.- तार्केश्वर नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८३ मा लगातार तेस्रो पटक च्याम्पियन बनेको छ ।
- प्रतियोगितामा तार्केश्वरले ४४ स्वर्ण, २४ कास्य र १३ रजत पदक जितेको छ ।
- चन्द्रागिरी नगरपालिका दोस्रो र नागर्जुन नगरपालिका तेस्रो भए ।
११ वैशाख, काठमाडौं । तार्केश्वर नगरपालिका १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८३ मा लगातार तेस्रो पटक च्याम्पियन बनेको छ ।
काठमाडौँ जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित यस प्रतियोगितामा ४४ स्वर्ण, २४ कास्य र १३ रजत पदकसहित तार्केश्वर च्याम्पियन बनेको हो ।
प्रतियोगितामा ६ खेल समावेश थिए । तार्केश्वरले एथलेटिक्समा २४ स्वर्ण, भलिबलमा १ स्वर्ण, कबड्डीमा १ स्वर्ण, उसुमा ९ स्वर्ण, तेक्वान्दोमा ६ स्वर्ण र करातेमा ३ स्वर्ण जित्यो ।
चन्द्रागिरी नगरपालिका ६ स्वर्ण, ३० रजत र २० कांस्यसाथ दोश्रो तथा नागर्जुन नगरपालिका ५ स्वर्ण, ८ रजत र १६ कांस्य तेश्रो बने ।
प्रतिक्रिया 4