+

कान्तिपुर हाफ म्याराथन बैशाख ५ मा

२०८२ चैत  २३ गते २१:५८ २०८२ चैत २३ गते २१:५८
कान्तिपुर हाफ म्याराथन बैशाख ५ मा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कान्तिपुर हाफ म्याराथनको १४ औं संस्करण वैशाख ५ गते हुने भएको छ ।
  • हाफ म्याराथनमा कूल चार विधा समावेश छ ।
  • केएमजीले टेक्नोलोजि प्रयोग गरी दौड पूरा गर्नेको एक्युरेट टाइमिङ निकाल्ने व्यवस्था गरेको छ ।

२३ चैत, काठमाडौं । कान्तिपुर हाफ म्याराथनको १४ औं संस्करण वैशाख ५ गते हुने भएको छ ।

कान्तिपुर मिडिया गुप्र (केएमजी) ले आयोजना गरिरहेको कान्तिपुर हाफ म्याराथनमा चार विधामा प्रतिस्पर्धा  हुनेछ ।

कान्तिपुर हाफ म्याराथन २१.१ किमीको हुनेछ । त्यस्तै अन्य ३ विधा करपोरेट एन्ड इन्फुलेएन्सर रन ५ किमी, एक्स्ट्रिम कलेज रन ७ किमी, ह्विलचेयर रेस ३ किलोमिटरको हुने केएमजीका प्रमुख कार्यकारी अधिकृत महेश स्वाँरले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए । कान्तिपुर हाफ म्याराथनको यस वर्षको नारा ‘रन फर नेपाल’ रहेको छ ।

मुख्य विधा रहेको कान्तिपुर हाफ म्याराथनको पुरुष र महिला विजेताले जनही १  लाख ५० हजार पाउने छन् । त्यस्तै दोस्रो देखि छैटौं हुनेले क्रमशः ७५, ५०, ३०, २० र १० हजार पाउने छन् । पहिलो तीन स्थामा आउनेले ट्रफी र मेडल पनि पाउने छन् । ह्विलचेयर रेस तर्फ विजेताले ३५ हजार तथा दोस्रो र तेस्रो हुनेले क्रमशः २५ र १५ हजार पाउने छन् ।

कर्पोरेट एन्ड इन्फुलेएन्सर रन र कलेज रनको महिला र पुरुषतर्फ शीर्ष ३ मा रहनेले विभिन्न पुरस्कार र गिफ्ट ह्याम्पर पाउने छन् । यसपटकदेखि दौड पूरा गर्ने सबैले मेडल पाउने छन् । एक्स्ट्रिम कलेज रन विजेताले आईपीएलका लागि काठमाडौंदेखि खेलस्थलसम्मका लागि दुई तर्फी हवाई टिकट र खेल हेर्नका लागि टिकट प्रदान गरिने एक्स्ट्रिम इनर्जी ड्रिक्सका विजनेस हेड सोनिया राणाले बताइन् ।

कान्तिपुरको कार्यालय रहेको तिनकुने अगाडिबाट सुरु हुने ‘कान्तिपुर हाफ म्याराथन’ तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी हुदैं जगाते चोकबाट फन्को लगाएर, कोटेश्वर हुदैं तीनकुनेमा आएर दौड टुंगिने छ रेस प्रशिक्षक आरके विष्टले जनाए । कर्पोरेट एन्ड इन्फुलेएन्सर दौड तिनकुनेबाट सुरु भएर लोकन्थलीको पुलबाट फर्किएर कोटेश्वर हुदैं तिनकुने आएर टुंगिने छ । तिनकुनेबाट सुरु हुने ह्विलचेयर कोटेश्वर पुगेर फर्केर तिनकुनेमै आएर टुंगिने छ । कलेज रन कोटेश्वर हुदैं तीनकुनेबाट गठ्ठाघर चोक पुगेर फर्कि कोटेश्वर हुदैं तिनकुने आएर टुंगिने छ ।

हरेक वर्ष यसलाई परिस्कृत रुपमा आयोजना गर्न केएमजीको प्रत्यन रहेको जनाउदै स्वा“रले यसवर्ष देखि हाफ म्याराथनतर्फ टेक्नोलोजि प्रयोग गरेर दौड पूरा गर्नेको ‘एक्युरेट टाइमिङ’ निकाल्ने बताए ।

हाफ म्याराथनलाई नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोग हुनेछ ।

ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कान्तिपुरस“ग छैटौं पटक सहकार्य गर्दै गरेको र स्वस्थ समाज निर्माणका लागि यस किसिमको इभेन्टले महत्वपूर्ण भुमिका खेल्ने हुनाले हातेमालो गर्दै आएको बताए ।

२०६७ सालमा आयोजित पहिलो संस्करणमै १ हजारभन्दा धेरैले सहभागी भएको कान्तिपुर हाफ म्याराथनमा सबै विधामा गरी यस पटक ३ हजार देखि ५ हजारसम्म धावक सहभागी हुने अपेक्षा गरेको केएमजीका प्रमुख कार्यकारी अधिकृत स्वा“रले बताए । खेलाडी दर्ताको मिति चैत ३१ गतेसम्म रहेको छ । खेलाडी दर्ता कान्तिपुर इभेन्ट्सबाट गर्न सकिने उनले जनाए ।

महिलातर्फ कान्छीमाया कोजुले ५ पटक कान्तिपुर हाफ म्याराथनको उपाधि जितेकी छन् । पुरुषतर्फ हरिकुमार रिमालले चार पटक कान्तिपुर हाफ म्याराथन जितिसकेका छन् । गत वर्ष त्रिभुवन आर्मी क्लबका खडकबहादुर खड्का र धादिङकी सन्तोषी श्रेष्ठ कान्तिपुर हाफ म्याराथनमा विजेता बनेका थिए ।  हाफ म्याराथनमा १८ वर्ष पुगेका खेलाडीले मात्र सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ ।

कान्तिपुर हाफ म्याराथन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय