+

काठमाडौं ४ वडा स्तरीय दौड प्रतियोगिता शनिबार हुने

२०८३ जेठ  २२ गते २२:३५ २०८३ जेठ २२ गते २२:३५
काठमाडौं ४ वडा स्तरीय दौड प्रतियोगिता शनिबार हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिका वडा नं ४ को आयोजनामा आगामी शनिबार पाँचौं वडा स्तरीय दौड प्रतियोगिता हुने भएको छ ।
  • प्रतियोगितामा विद्यार्थीसहित चार सयभन्दा बढी धावकले ६ वटा स्पर्धामा प्रतिस्पर्धा गर्ने वडाध्यक्ष दिनेश महर्जनले जानकारी दिनुभयो ।
  • कुल एक लाख आठ हजार रुपैयाँ पुरस्कार राशिको सो प्रतियोगितामा खुला, भेट्रान र विद्यार्थी समूहमा दौड हुनेछ ।

२२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ४ स्तरीय दौड प्रतियोगिताको पाँचौं संस्करण शनिबार हुँदैछ, जहाँ चार सय बढी धावकले प्रतिस्पर्धा वडाध्यक्ष दिनेश महर्जनले जानकारी दिएका छन् ।

वडाध्यक्ष महर्जनले भने, ‘पाँचौंपल्ट आयोजना गर्न लागिएको वडा स्तरीय दौड प्रतियोगिताले वडाबासीलाई एउटै स्थलमा जुटाउने गरेको छ । त्यसैले यसपाली उत्साहजनक रुपमा एक सय ९० विद्यार्थीसहित ४ सय बढीले नाम दर्ता गरेका छन् ।’

दौड प्रतियोयोगितामा खुला, ५५ वर्षमाथिको भेट्रान र कक्षा १० सम्मका विद्यार्थीतर्फ महिला र पुरुष गरी कुल ६ स्पर्धा समावेश गरिएको पनि उनले बताए ।

कुल एक लाख आठ हजार रुपिया पुरस्कारको दौड प्रतियोगितामा खुलातर्फका धावक ५ किमि दौडने छन् भने भेट्रान र विद्यार्थीहरू ३ किमि दूरीमा प्रतिस्पर्धा गर्नेछन् ।

५ किमि दौड विशालनगरस्थित विशाल मिलन केन्द्रबाट सुरु भई चण्डौल, फिनल्यान्ड दूतवास, खहरे, धुमवाराही चौक, शंख पार्क, लामटंगिन मार्ग, चुनदेवी, पञ्चकन्या टुँडालदेवी हुँदै पुनः विशाल मिलन केन्द्र पुगेर टुंगिनेछ ।

त्यस्तै, ३ किमि दौड पनि विशाल मिलन केन्द्रबाटै प्रारम्भ भएर टुँडालदेवी, कालिबुढी चौक, पञ्चकन्या, चुनदेवी, गणेश वस्ती, अरुणा लामा मार्ग, ढुंगेधारा हुँदै विशाल मिलन केन्द्र फर्केर सकिनेछ ।

प्रत्येक स्पर्धामा विजेताले आठ हजार, दोस्रोले छ हजार र तेस्रो हुनेले चार हजार रुपिया, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

काठमाडौं ४ वडा स्तरीय दौड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय