News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरामा एक्सटेपको १५औं शाखा मंगलबार न्युरोडमा शुभारम्भ गरिएको छ।
- एक्सटेपले हिमाली क्षेत्रमा काम गर्ने पोर्टर र टुर गाइडहरुलाई जुत्ता र टिसर्ट नि:शुल्क वितरण गरेको छ।
- प्रबन्ध निर्देशक श्रेष्ठले एक्सटेपका जुत्ताहरु हलुका, टिकाउ र कुशनिङ प्रविधियुक्त हुने बताए।
१५ वैशाख, पोखरा । पोखरामा एक्सटेपको नयाँ आउटलेट मंगलबार शुभारम्भ गरिएको छ । पोखराको दोस्रो तथा नेपालभरको १५औं शाखाको रूपमा यो आउटलेट सुरु भएको एक्सटेपले जनाएको छ ।
एक्सटेप नेपालले एक कार्यक्रमका बीच पोखरा न्युरोडमा आउटलेट विस्तार गरेको प्रबन्ध निर्देशक गणेश श्रेष्ठले जानकारी दिएका छन् ।
नयाँ आउटलेटको उद्घाटन पोखरा महानगरपालिका वडा नं ९ का अध्यक्ष दिपेन्द्र मर्सानी र ट्रेल रनर दावा लामाले संयुक्त रुपमा गरेका थिए । वडा अध्यक्ष मर्सानीले पोखरा पर्यटनसंगै खेलकुदको राजधानी पनि भएको भन्दै एक्सटेप जस्तो ब्राण्डले दोश्रो आउटलेट सुरु गर्नु महत्वपुर्ण रहेको बताए ।
नयाँ आउटलेट शुभारम्भको अवसरमा एक्सटेप नेपालले हिमाली क्षेत्रमा काम गर्ने पोर्टर र टुर गाइडहरुलाई जुत्ता र टिसर्ट नि:शुल्क वितरण गरेको छ । साथै पोखराका युवा महिला खेलाडीहरुलाई पनि खेल पोशाक प्रदान गरिएको छ ।
उनले भने, ‘हिमाली क्षेत्रमा भारी बोकेर कठिन अवस्थामा पनि पर्यटकहरुको सामान गन्तव्य सम्म पुर्याउने पोर्टरहरुको ठूलो योगदान छ । त्यसैले उहाँहरुको यात्रालाई सजिलो बनाउन जुत्ता दिएका हौं ।’ उनले टुर गाइडहरुको पनि महत्वपुर्ण भुमिका भएकाले उनीहरुलाई समेत जुत्ता वितरण गरिएको बताए ।
सामाजिक उतरदायित्व अन्तर्गत एक्सटेप नेपालले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रबन्ध निर्देशक श्रेष्ठले बताएका छन् ।
त्यस्तै ट्रेल रनर लामाले एक्सटेप खेलाडीहरु मात्र नभई दैनिक प्रयोगका लागि पनि राम्रो रहेको बताए । ‘जसले एक पटक एक्सटेप प्रयोग गर्छ उसले यो ब्राण्ड छोड्दैन,’ उनले भने ।
आउटलेट शुभारम्भको अवसरमा टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्मा, जिल्ला खेलकुद कास्कीका अध्यक्ष मिलन गुरूङ, टाइगर ग्रुपका सचिव डिबी नेपालीलगायत खेलकुद क्षेत्रमा विभिन्न महानुभावहरुको उपस्थिति रहेको थियो ।
एक्सटेप ब्रान्ड विश्व बजारमा खेलकुद सामग्रीका लागि चिनिने गर्दछ । रनिङ, ट्रेनिङ, फिटनेस र दैनिक प्रयोगका लागि बनाइएका जुत्ता, कपडा र एसेसरिज प्रयोगकर्तालाई आराम र राम्रो प्रदर्शन दिने कम्पनीले जनाएको छ ।
श्रेष्ठका अनुसार एक्सटेपका जुत्ताहरु हलुका, टिकाउ र कुशनिङ प्रविधियुक्त हुने भएकाले लामो समय लगाउँदा खुट्टामा थकान कम हुने बताइन्छ । साथै राम्रो ग्रिप र सपोर्ट पनि दिने यसका उत्पादनहरु स्टाइलिस डिजाइनमा आउने भएकाले युवाहरु माझ लोकप्रिय बन्दै गएको र सस्तो मुल्यमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर पाइने भएकाले माग बढ्दै गएको उनले बताए ।
पोखरा न्युरोडमा खुलेको यो नयाँ आउटलेटले स्थानीय खेलाडी, फिटनेस प्रेमी र युवाहरुलाई गुणस्तरीय खेल सामग्री सजिलै उपलब्ध गराउने विश्वास गरिएको छ ।
प्रतिक्रिया 4