+

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा नेपालको तेस्रो जित

२०८३ वैशाख  १५ गते १६:१९ २०८३ वैशाख १५ गते १६:१९
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा नेपालको तेस्रो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली महिला क्रिकेट टोलीले आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा रुवान्डालाई ३८ रनले पराजित गरी तेस्रो जित हासिल गरेको छ।
  • मनिषा उपाध्यायले ४ ओभरमा १० रन दिएर ४ विकेट लिए भने कप्तान इन्दु बर्माले सर्वाधिक ३३ रन बनाएर अविजित रहिन्।
  • नेपालले ६ खेलमा ६ अंक जोडेको छ र इटाली तथा भानुआतुसँग खेल्न बाँकी छ।

१५ वैशाख, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले आईसीसी वुमेन्स च्यालेन्स ट्रफीमा तेस्रो जित हासिल गरेको छ । मंगलबार भएको खेलमा नेपालले आयोजक रुवान्डालाई ३८ रनले पराजित गरेको हो ।

नेपालले दिएको १०४ रनको लक्ष्य पछ्याएको रुवान्डा १७.४ ओभरमा ६५ रनमा अलआउट भयो । म्यारी बिमेन्यीमानाले सर्वाधिक १९ रन बनाइन् ।

नेपालका लागि मनिषा उपाध्यायले ४ ओभरमा १० रन दिएर ४ विकेट लिइन् । कविता कुँवर, रचना चौधरी र रिया शर्माले २-२ विकेट लिइन् ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १०३ रन बनाएको थियो । कप्तान इन्दु बर्माले सर्वाधिक ३३ रन बनाएर अविजित रहिन् । कविता कुँवरले २४ तथा रुबिना क्षेत्रीले ११ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन भने सकेनन् ।

रुवान्डाका लागि हेनरित इसिम्वेले ३ विकेट लिइन् भने म्यारी बिमेन्यीमानाले २ विकेट लिइन् । बेलिसे मुरीकातेते र रोसिन इरेराले १-१ विकेट लिए ।

नेपालले यसअघि पनि रुवान्डालाई हराएको थियो । अमेरिकासँग दुई खेलमा पराजित भइसकेको नेपालले इटालीलाई हराउँदा भानुआतुसँग पराजित भएको छ ।

नेपालले ६ खेलमा ६ अंक जोडेको छ । अब नेपालले इटाली र भानुआतुसँग खेल्न बाँकी छ ।

आईसीसी वुमेन्स च्यालेन्स ट्रफी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय