News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल रेडले नेपाल ब्लुलाई दोस्रो एकदिवसीय खेलमा १ विकेटले पराजित गरेको छ।
- नेपाल ब्लुले दिएको २२४ रनको लक्ष्य नेपाल रेडले ३९ बल बाँकी छँदा ९ विकेटको क्षतिमा पूरा गरेको हो।
- अनिल साहले ६२ रन बनाएर अविजित रहे र बिपिन खत्रीले नेपाल ब्लुको लागि ४ विकेट लिए।
१५ वैशाख, काठमाडौं । नेपाल रेड र नेपाल ब्लु टोलीबीचको एकदिवसीय शृंखलाअन्तर्गत दोस्रो खेलमा पनि नेपाल रेडले रोमाञ्चक जित हासिल गरेको छ ।
पहिलो खेलमा ४ रनको जित निकालेको नेपाल रेडले मंगलबार १ विकेटको जित निकालेको हो । ब्लुले दिएको २२४ रनको लक्ष्य रेडले ३९ बल बाँकी छँदा ९ विकेटको क्षतिमा पूरा गरेको हो ।
अनिल साह ६१ बलमा २ चौका र ५ छक्कासहित ६२ रन बनाएर अविजित रहे । प्रतिश जिसीले ३४ रन बनाए भने दीपक डुम्रेले २६ तथा शुभ कंसाकारले २३ रन बनाए ।
२०२ रनमा आठौं अनि २०६ रनमा नवौं विकेट गुमाएपछि नेपाल रेडका लागि अनिल साहले गेम फिनिस गरे । अन्तिम विकेट लिन नसक्दा नेपाल ब्लु पराजित भयो ।
ब्लुका लागि बिपिन खत्रीले ४ विकेट लिए भने आकाश चन्द र दिपेश कँडेलले २-२ तथा पवन सर्राफले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ब्लुले ५० ओभरमा ८ विकेट गुमाएर २२३ रन बनाएको थियो । सन्तोष यादवले ५४ बलमा अविजित ६० रनको पारी खेले ।
मयन यादवले ३१, अर्जुन घर्तीले ३०, अर्जुन साउदले २६ तथा पवन सर्राफले २२ रन बनाए । बिपिन खत्रीले २० रन बनाए ।
नेपाल रेडका लागि अभिशेष गौतम, शेर मल्ल र सागर ढकालले २-२ विकेट लिए भने हेमन्त धामी र युवराज खत्रीले १-१ विकेट लिए ।
प्रतिक्रिया 4