+

लगातार चार खेल जित्दै न्यु डायमन्ड पीएम कप एनभीए भलिबल लिगको फाइनलमा

२०८३ वैशाख  १५ गते १६:३८ २०८३ वैशाख १५ गते १६:३८
लगातार चार खेल जित्दै न्यु डायमन्ड पीएम कप एनभीए भलिबल लिगको फाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले रेडबुल दशाैं पीएम कप एनभीए महिला भलिबल लिग २०८३ को फाइनलमा प्रवेश गरेको छ ।
  • न्यु डायमन्डले एपीएफलाई २५-२१, २०-२५, २५-१८, २५-२१ ले पराजित गरेको छ र शीर्ष दुईमा रहने पक्का भएको छ ।
  • त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिमलाई २५-१५, २५-१०, २५-५ ले पराजित गरेको छ ।

१५ वैशाख, काठमाडौं । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब रेडबुल दशाैं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ अन्तर्गत महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा मंगलबार भएको खेलमा न्यु डायमन्डले एपीएफलाई २५-२१, २०-२५, २५-१८, २५-२१ ले पराजित गरेको हो ।

न्यु डायमन्डले अब लिग चरणको अन्तिम खेलमा नेपाल पुलिससँग खेल्नेछ । उक्त खेलमा जस्तो नतिजा आएपनि न्यु डायमन्ड शीर्ष दुईमा रहने पक्का भइसकेको छ ।

न्यु डायमन्ड ४ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ । चार खेलमा दोस्रो हार बेहोरेको एपीएफको ६ अंक छ ।

यस्तै मंगलबारै भएको महिलातर्फको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिमलाई २५-१५, २५-१०, २५-५ ले पराजित गरेको छ । चार खेलमा पहिलो जित हात पारेको आर्मीको ३ अंक भएको छ ।

एपीएफले अब नेपाल पुलिस क्लबसँग खेल्न बाँकी छ । पुलिसले एपीएफसहित न्यु डायमान्डसँग खेल्न बाँकी छ ।

न्यु डायमण्ड स्पाेर्टस् क्लब १०औं पीएम कप एनभीए भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय