+

कर्णाली शिवराजको सहायक प्रशिक्षकमा दीपेन्द्र भट्ट नियुक्त

२०८३ असार  ३० गते २२:१८ २०८३ असार ३० गते २२:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल भलिबल लिगको पहिलो संस्करणका लागि कर्णाली शिवराजले दीपेन्द्र प्रसाद भट्टलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको छ।
  • अनुभवी प्रशिक्षक भट्टले भारतको नेताजी सुभाष राष्ट्रिय खेलकुद संस्थानबाट खेल प्रशिक्षणसम्बन्धी प्रमाणपत्र पाठ्यक्रम पूरा गर्नुभएको छ।
  • कर्णाली शिवराजले बलियो टोली निर्माण गरी उपाधि जित्ने लक्ष्यसहित प्राविधिक टोलीलाई थप सुदृढ बनाइरहेको जनाएको छ।

३० असार, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणका लागि फ्रेन्चाइज टोली कर्णाली शिवराजले दीपेन्द्र प्रसाद भट्टलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको छ ।

कञ्चनपुर निवासी भट्ट नेपाली भलिबलका अनुभवी प्रशिक्षक हुन् । उनले राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत आयोजित प्रोफेसनल कोचिङ कन्फ्रेन्स–२०८३ मा सफल सहभागिता जनाइसकेका छन् ।

साथै, भारतको स्पोर्ट्स अथोरिटी अफ इन्डिया (एसएआई)–नेताजी सुभाष राष्ट्रिय खेलकुद संस्थानबाट खेल प्रशिक्षणसम्बन्धी प्रमाणपत्र पाठ्यक्रम पनि पूरा गरेका छन् ।

कर्णाली शिवराजले पहिलो संस्करणदेखि नै बलियो र प्रतिस्पर्धी टोली निर्माण गर्ने लक्ष्यका साथ अनुभवी प्राविधिक टोली तयार गरिरहेको जनाएको छ ।

क्लबका अनुसार मुख्य प्रशिक्षकसँगको सहकार्यमा भट्टले खेलाडीको विकास, खेल रणनीति निर्माण तथा टोलीको समग्र प्रदर्शन सुधारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

एनभीएलको पहिलो संस्करणलाई लक्षित गर्दै कर्णाली शिवराजले प्राविधिक टोलीलाई थप सुदृढ बनाउँदै उपाधि जित्ने लक्ष्यसहित तयारीलाई तीव्रता दिएको छ।

कर्णाली शिवराज

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय