+

चित्लाङ एफसीलाई प्रभु महालक्ष्मीको साथ

२०८२ माघ  ४ गते २०:५३ २०८२ माघ ४ गते २०:५३
चित्लाङ एफसीलाई प्रभु महालक्ष्मीको साथ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चित्लाङ एफसी र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्सबीच एक वर्षका लागि प्रायोजन सम्झौता भएको छ।
  • सम्झौतापत्रमा क्लब अध्यक्ष सुगन तण्डुकार र प्रभु लाइफ इन्स्युरेन्सका सीईओ सन्तोष प्रसाईले हस्ताक्षर गरे।
  • प्रसाईले भने, 'देशलाई एकताको सुत्रमा जोड्ने फुटबल खेलसँग जोडिन पाएकोमा हामी निक्कै उत्साहित छौं'।

४ माघ, काठमाडौं । राष्ट्रिय लिग खेलिरहेको टोली चित्लाङ एफसी र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्स प्रालिबीच आइतबार प्रायोजन सम्झौता भएको छ ।

एन्फा प्रेसिडेन्ट्स लिगको शीर्ष चारमा रहेर राष्ट्रिय लिगका लागि छनोट भएको चित्लाङ एफसी र प्रभु लाइफ इन्स्युरेन्सबीच लाइफ इन्स्युरेन्स पार्टनरका रुपमा सम्झोता भएको हो ।

सम्झौतापत्रमा क्लबका तर्फबाट अध्यक्ष सुगन तण्डुकार र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्सका तर्फबाट प्रमूख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईले हस्ताक्षर गरे ।

सम्झौतापछि काठमाडैंमा जारी राष्ट्रिय लिगको टोली चित्लाङलाई प्रभु लाइफ इन्स्योरेन्सले एक वर्षका लागि आर्थिक सहयोग गर्नेछ भने क्लबले आफ्ना गतिविधिहरुमार्फत प्रभु लाइफ इन्स्योरेन्सको प्रवर्धन गर्नेछ ।

सम्झौतापछि प्रभु लाइफ इन्स्योरेन्सका सिइओ प्रसाईले देशको लोकप्रिय खेल र राष्ट्यि लिगको टोली चित्लाङसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे । ‘देशलाई एकताको सुत्रमा जोड्ने फुटबल खेलसँग जोडिन पाएकोमा हामी निक्कै उत्साहित छौं । यो अवसर दिएकोमा हामी राष्ट्रिय लिगको टोली चित्लाङ एफसीलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं’ प्रसाईले भने, ‘आगामी दिनहरुमा पनि हामी नेपाली फुटबल र चित्लाङ एफसीसँगको सहकार्यलाई निरन्तरता दिनेछौं ’

यसैगरी चित्लाङ एफसीका अध्यक्ष तण्डुकारले पनि नेपाली फुटबलमा केही गर्ने क्लबको उद्देश्यमा प्रभु लाइफ इन्स्योरेन्सको साथले थप उर्जा भरेको बताए । ‘फुटबलमार्फत अन्तर्राष्ट्रिय जगतमा देशको प्रतिष्ठा वृद्धि गर्ने हाम्रो अभियानमा प्रभु लाइफ इन्स्योरेन्ससँगको साथले उत्साह थपिएको छ । सुरक्षित फुटबलको अभियानमा यो सहकार्यले महत्वपूर्ण योगदान गर्ने चित्लाङ एफसीले विश्वास लिएको छ,’ उनले भने, ‘नेपाली फुटबल र क्लबको उद्देश्यमा गरेको यो सहकार्यका लागि हामी प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्सप्रति आभार प्रकट गर्न चाहन्छौं ।’

चित्लाङ एफसी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय