+

उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस

२०८३ वैशाख  १२ गते २०:१९ २०८३ वैशाख १२ गते २०:१९
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा विश्व ताइची तथा छिगोङ दिवस १२ वैशाखमा नेपाल उमा कुङफु संघले विविध कार्यक्रम गरी मनाएको छ ।
  • बूढानीलकण्ठ मन्दिर परिसरमा आयोजित कार्यक्रममा २५० भन्दा बढी सहभागी थिए ।
  • कार्यक्रममा छिगोङ, ताइची २४ फम, चाइची स्वोर्ड र ताइची ४२ फम विधाको कलात्मक प्रस्तुती प्रस्तुत गरिएको थियो ।

१२ वैशाख, काठमाडौं । नेपालमा पनि विश्व ताइची तथा छिगोङ दिवस शनिबार मनाइएको छ । हरेक वर्षझै विविध कार्यक्रम आयोजना गरी नेपाल उमा कुङफु संघले दिवस मनाएको हो ।

बूढानीलकण्ठ नगरपालिकाकी उप मेयर अनिता लामाले बूढानीलकण्ठ मन्दिर परिसरमा आयोजित कार्यक्रमको उद्घाटन गरिन् । बूढानीलकण्ठ नगरपालिका वडा ३ को सहयोगमा भएको कार्यक्रममा २ सय ५० भन्दा बढीको सहभागिता रहेको नेपाल उमा कुङफु संघले जनाएको छ ।

कार्यक्रममा बूढानीलकण्ठ लायन ड्रागन एसोसिएसनका खेलाडीले आकर्षक लायन डान्स प्रस्तुत गरेका थिए । खेलाडीले छिगोङ, ताइची २४ फम, चाइची स्वोर्ड र ताइची ४२ फम विधाको कलात्मक प्रस्तुती पनि प्रदर्शन गरेको उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईले जनाएका छन् ।

सो अवसरमा शंखपार्क ताइची तथा छिगोङ क्लबका चन्द्रबहादुर शाह, हरिकुमार कार्की र श्यामप्रसाद गौतम तथा बूढानीलकण्ठ नगरपालिका वडा ३ का सदस्य पूर्व फुटबलर विकास तामाङलाई सम्मान गरिएको थियो । त्यस्तै करातेकर्मी जनकसिंह खड्का र अन्नपूर्ण पोष्टका खेलकुद पत्रकार विष्णु थापालाई नेपाल उमा कुङफु संघको मानार्थ सदस्य प्रदान गरिएको थियो ।

कार्यक्रममा चीन कल्चर सेन्टरका डेपुटी डाइरेक्टर लिउ झान्पिङ, बूढानीलकण्ठ नगरपालिका वडा ३ का अध्यक्ष आकाश धिताल, नेपाल उमा कुङफु संघका उपाध्यक्ष भूपेन्द्र गुरुङ, उपाध्यक्ष रमेश महर्जन, उपाध्यक्ष एवं कार्यक्रम संयोजक सुमन लामा, विभिन्न क्लब र विद्यालयका खेलाडी, प्रशिक्षक, उमा कुङफु संघका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।

विश्व ताइची तथा छिगोङ दिवस

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय