Comments Add Comment

एपीएफलाई हराउँदै आर्मी च्याम्पियन

चितवन । विभागीय टोली त्रिभुवन आर्मी क्लबले दोस्रो दिवाकर भुसाल स्मृति क्लब च्याम्पियनसिपको उपाधि जितेको छ ।

चितवनस्थित माडी नगरपालिका ३ बसन्तपुरमा आइतबार भएको विभागीय डर्बी फाइनलमा एपीएफलाई ३-० को सेटमा हराउँदै आर्मी च्याम्पियन बनेको हो । आर्मीले एपीएफलाई २५-१५,२५-२०, २५-२२ ले पराजित गरेको हो ।

आर्मीले गत माघमा काठमाडौंमा भएको पाँचौ एनभीए क्लब च्याम्पियसीपमा बेहोरेको हारको बदला पनि लिएको छ । त्यतिखेर बर्मी सेमिफाइनलमा एपीएफसँग सोझो सेटमा पराजित भएको थियो । गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लब तेस्रो भएको छ ।

च्याम्पियन आर्मीले २ लाख नगद हात पार्दा एपीएफले १ लाख प्राप्त गर्‍यो । तेस्रो भएको पुलिसले ५० हजार र चौथो भएको गण्डकीले २५ हजार पायो ।

यस्तै च्याम्पियन आर्मीका स्पाइकर धनबहादुर भट्ट क्षेत्री प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले नगद १० हजार रुपैयाँ पाए ।

विधागततर्फ भने आर्मी, एपीएप र पुलिसका खेलाडीले अवार्ड पाए । उत्कृष्ट लिब्रो आर्मीका ईश्वर थापा मगर र उत्कृष्ट प्रशिक्षक आर्मीका ज्ञानेश्वर अधिकारी घोषित भए । उत्कृष्ट स्पाइकर एपीएफका विजय थापा, उत्कृष्ट सेटर एपीएफ कै लोकेन्द्र गिरी र उत्कृष्ट सर्भर नेपाल पुलिसका इम राना चयन भए । सबैले ५-५ हजार पाए ।

नगर खेलकुद विकास समिति माडीको आयोजनामा फागुन ७ गते सुरु भएको पुरुष भलिबल प्रतियोगितामा ५ टोलीको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment