News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश प्रदेशमा नयाँ सरकार गठनबारे एमाले र जसपा नेपालबीच केपी शर्मा ओली र उपेन्द्र यादवसहितको छलफल भएको छ ।
- जसपा नेपालको नेतृत्वमा सरोज कुमार यादवलाई मुख्यमन्त्री बनाएर नयाँ गठबन्धन बनाउने प्रयास भइरहेको एक नेताले बताए ।
- एमालेले हिजो नेपाली कांग्रेस नेतृत्वको मधेश सरकारबाट समर्थन फिर्ता लिएपछि प्रदेशसभामा नयाँ समीकरणको प्रयास शुरू भएको हो ।
३१ असोज, जनकपुरधाम। मधेश प्रदेशमा नयाँ सरकार गठनबारे नेकपा एमाले र जसपा नेपालबीच छलफल भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहित दुवै पार्टीका नेताहरुले आज छलफल गरेका हुन् ।
छलफलमा जसपा नेपालका मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादव समेत थिए ।
जसपा नेपालकै नेतृत्वमा नयाँ सरकार गठन गर्ने गरी छलफल भएको एक नेताले बताए ।
ती नेताका अनुसार जसपा नेपाल संसदीय दलका नेता सरोज कुमार यादवको नेतृत्वमा नयाँ सरकार बनाउने गरी नयाँ गठबन्धन बनाउने प्रयास भइरहेको छ ।
हिजो शुक्रबार मात्रै नेकपा एमालेले नेपाली कांग्रेस नेतृत्वको मधेश सरकारबाट अलग हुँदै समर्थन फिर्ता लिएको थियो ।
मधेश प्रदेश सभामा जसपा नेपाल सबैभन्दा ठूलो दल हो । उसको २७ सिट छ । दोस्रो ठूलो दल एमालेको २३ सिट छ । कांग्रेसको २२ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को १५ सिट मात्र छ ।
कुल १०७ सिट रहेको मधेश प्रदेशसभामा सरकारको आवश्यक बहुमतका लागि ५४ सिट आवश्यक पर्छ ।
प्रतिक्रिया 4