२३ असोज, सप्तरी । पूर्व प्रदेश सांसद बिदेश्वर यादव (विक्की)ले जनता समाजवादी पार्टी (जसपा) नेपाल छाडेका छन् । पार्टीको केन्द्रीय सदस्य रहेका यादवले साधारण सदस्यतासमेत पार्टीको सम्पूर्ण आबद्धताबाट अलग हुने घोषणा गरेका हुन् ।
उनले शुक्रबार ललितपुरस्थित ज्यापू भवनमा बसेको केन्द्रीय समिति बैठकका क्रममा राजीनामा सार्वजनिक गरेका छन् ।
राजीनामापत्रमा उनले पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर भएको, नेतृत्व व्यक्तिकेन्द्रित बनेको र नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्ने वातावरण साँघुरिँदै गएको आरोप लगाउँदै उनले पार्टी छाड्ने निर्णय गरेको बताएका छन् ।
यादवले जसपा नेपाल छाडेपनि मधेशका मुद्दा भने नछाडेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4