Comments Add Comment

अब एथ्लेटिक्स प्रतियोगिता आयोजना गर्दा संघको स्वीकृति लिनुपर्ने

काठमाडौं । एथ्लेटिक्स खेल अन्तर्गत विभिन्न खालको दौड आयोजना गर्दा नेपाल नेपाल एथ्लेटिक्स संघको स्वीकृति लिनुपर्ने भएको छ ।

नेपाल एथलेटिक्स संघले विज्ञप्ति जारी गर्दै नेपालमा आयोजना हुने सम्पूर्ण एथलेटिक्ससँग सम्बन्धित प्रतियोगिताको लागि अनिवार्य स्वीकृति लिन आग्रह गरेको छ ।

नेपालमा म्याराथन रोड रेस लगायतका रेसहरु अवैधानिक तरिकाले आयोजना भइरहेको र अब वैधानिक रुपमा गर्न संघको स्वीकृति लिनुपर्ने संघले जनाएको छ ।

‘रोड रेस, अल्ट्रा रेस, ट्रेल रेस र म्याराथन जस्ता एथलेटिक्स खेलसँग सम्बन्धित इभेन्टहरु नेपाल एथलेटिक्स संघ स्वीकृति बिना आफू खुसी हुँदै आइरहेको हुँदा अब उप्रान्त संघको स्वीकृति विना अवैधानिक रहने र वैधानिकताको लागि संघको स्वीकृति अनिवार्य रुपमा लिनु पर्नेछ,’ संघका अध्यक्ष राजीब बिक्रम शाहको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ ।

नेपालमा अहिले निजी स्तरबाट विभिन्न खालका म्याराथन, अल्ट्रा रेस, रोड रेस, हाफ म्याराथन लगायतको प्रतियोगिता हुँदै आएको छ । तर धेरै जसो संघको स्वीकृति विनै आयोजना हुँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment