Comments Add Comment

भरतपुर क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त

रामप्रसाद न्यौपाने र निशा अधिकारी

१३ फागुन, काठमाडौं । चितवनको भरतपुरस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ सदस्यहरु नियुक्त भएका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको प्रस्तावमा मन्त्रिपरिषद बैठकबाट ६ जना सदस्यहरु नियुक्त भएका हुन् ।

नियुक्त हुनेहरुमा डा. विनय ठाकुर, डा. कैलाश भण्डारी, डा. रक्षा श्रेष्ठ, डा. सुनन्दा सुन्दास, रामप्रसाद न्यौपाने र निशा अधिकारी हुन् । न्यौपाने नेकपा भरतपुर नगरकमिटी अध्यक्ष र अधिकारी अनेरास्ववियु नेतृ हुन् ।

१४ सदस्यीय क्यान्सर अस्पतालको बोर्ड रहने व्यवस्था छ । गत पुसमा ६ जना सदस्यहरुका पदावधि सकिएपछि रिक्त पदमा स्वास्थ्यमन्त्री ढकालको सिफारिसमा मन्त्रिपरिषदले सदस्यहरु नियुक्त गरेको हो ।

सदस्यहरुको कार्यअवधि तीन वर्षको हुन्छ । केही साताअघि मात्रै सरकारले अस्पतालको अध्यक्षमा डा. निर्मल लामिछानेलाई चयन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment