+
+
Shares

गुल्मीको बाँझकटेरीमा प्याराग्लाइडिङ परीक्षण उडान सफल

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १५ गते १७:०७
Photo Credit : मदाने युवा क्लव माझकटेरी

१५ फागुन, काठमाडौं । गुल्मीको मदाने गाउँपालिकाको वडा नं २ स्थित बाँझकटेरी प्याराग्लाइडिङ शुरु हुने भएको छ । बाँझकटेरीको कसुरे डाँडामा भएको सफल परीक्षण पनि प्याराग्लाइडिङ शुरु हुने भएको हो ।

प्याराग्लाइडिङको सफल परीक्षण भइसकेको भन्दै अब व्यवसायिक उडानको तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षको बजेटमा नै गाउँपालिकाले प्याराग्लाइडिङ सञ्चालन गर्न भन्दै २ लाख रुपैयाँ बजेट विनियोज गरेको थियो ।

प्याराग्लाइडिङले आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । अध्यक्ष केसीका अनुसार कसुरेडाँडा समुन्द्री सतहबाट २१ सय ५० मिटरको उचाईमा रहेको छ । व्यवसायिक रुपमा उडान शुरु गर्नका लागि स्काई बर्ड प्याराग्लाइडिङ्ग पोखराले तयारी गरेको छ ।

मदाने गाएपालिकालाई नै प्याराग्लाइडिङ हवको रुपमा विकास गर्ने योजना रहेको अध्यक्ष केसीले सुनाए । बुधबार गरिएको प्याराग्लाइडिङ परीक्षण कार्यक्रममा पूर्व मन्त्री तथा सोहि क्षेत्रका संघीय सांसद गोकर्ण विष्ट पनि सहभागी थिए ।

प्याराग्लाइडिङका पाइलटहरुलाई माला लगाएर सफलताका लागि शुभकामना दिएका पूर्बमन्त्री विष्टले प्याराग्लाईडिङले पर्यटन विकासमा महत्वपूर्ण योगदान दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?