Comments Add Comment
काठमाडौंमा मनाइयो अन्तर्राष्ट्रिय ह्वीलचेयर दिवस :

ह्वीलचेयर प्रयोगकर्ताको प्रश्न– हाम्रा लागि फुटपाथ खोई ?

१८ फागुन, काठमाडौं । १२ औं अन्तर्राष्ट्रिय ह्वीलचेयर दिवस आइतबार काठमाडौंमा पनि मनाइएको छ । दिवसको अवसरमा भृकुटीमण्डपबाट र्‍याली निकालिएको छ ।

र्‍यालीमा सहभागीहरुले ‘हाम्रोलागि ह्वीलचेयर पाथ खै ?’, ‘ह्वीलचेयरमैत्री संसार जिन्दावाद’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

१२ औं ह्वीलचेयर दिवस–२०२० को नारा ‘समावेशीतामा एकसाथ’ तय गरिएको छ ।

नेपालमा कतिपय सरकारी कार्यालय, सडक, सार्वजनिक शौचालयलगायतका भौतिक संरचना अझै पनि ह्वीलचेयरमैत्री नभएकाले तिनलाई ह्वीलचेयरमैत्री बनाउनुपर्ने आवाज उठ्दै आएको छ ।

हरेक वर्ष मार्च १ तारिखमा विश्वभर अन्तर्राष्ट्रिय ह्वीलचेयर दिवस मनाउने गरिन्छ । यसदिन ह्वीलचेयर प्रयोगकर्ताले आफ्नो जीवनमा ह्वीलचेयरले पारेको सकारात्मक प्रभावको खुसीयाली मनाउँछन् । उनीहरुले ह्वीलचेयर प्रयोगकर्तालाई फरक क्षमता भएका व्यक्तिको रुपमा लिनुपर्ने बताउँछन् ।

सन् २००८ मा पहिलो पटक ह्वीलचेयर दिवस मनाइएको थियो । त्यतिबेला नेपाल, अष्ट्रेलिया, सेनेगल, दक्षिण अफ्रिका, बंगलादेश, पाकिस्तान, बेलायत र अमेरिकामा विशेष समारोह आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment