+
+
Shares

प्रधानमन्त्रीलाई देउवाको प्रश्न : गोकुल बास्कोटाले भनेको ‘हामी’मा कोको पर्छन् ?

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १८ गते २०:००

१८ फागुन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको अडियोबारे गम्भीर छानबिन गर्न ढिलाइ भएको भन्दै आपत्ति जनाएको छ ।

आइतबार संसदमा विशेष समय लिएर बोल्दै विपक्षी दलका नेता शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि बास्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको एक सातासम्म गम्भीर छानबिन नहुनुमा गम्भीर नियत रहेको बताए । उनले भने, ‘हामीलाई कति आउँछ भनेर सोधेको अडियोमा प्रष्ट सुनिन्छ । म सम्माननीय प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, हामी भनेर कसलाई भनेका हुन् ? हामीमा कोको पर्छन् प्रष्ट गर्नुस् ।’

सम्बन्धित निकायले छानबिन गर्नुअघि नै प्रधानमन्त्रीले अडियो नक्कली भनेकोमा समेत उनले आपत्ति जनाए ।

देउवाले भने, यसले छानबिन प्रभावित हुन्छ कि हुँदैन ? छानविन हुनुभन्दा पहिले नै तपाई‌ंले निर्णय दिनुभयो भने तपाईंको बोलीको विश्वसनीयता कमजोर भएन ?’

बास्कोटाको अडियो प्रकरणबाट ध्यान मोड्न नेपाल ट्रष्टको श्वेतपत्र ल्याएको देउवाको आरोप छ । आफ्नो संलग्नतामा मन्त्रिपरिषद्बाट नेपाल ट्रष्टको जग्गा जिलमा दिने कुनै निर्णय नभएको उनले बताए । ‘राजनीतिक पूर्वाग्रहका साथ मेरो नाम जोडेकोमा गम्भीर आपत्ति छ’ कांग्रेस सभापति देउवाले भनेका छन् ।

ट्रष्टका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार सार्वजनिक गरेको श्वेतपत्रमा ताहाचाल सोल्टी आउटर कम्प्लेक्सको जग्गा यती समूहको थामसेर्कु ट्रेकिङलाई लिजमा दिने प्रस्ताव स्वीकृत गर्दा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा ट्रष्टको संरक्षक र गृहमन्त्री जनार्दन शर्मा अध्यक्ष रहेको उल्लेख गरिएको थियो ।

यसमा सत्तारुढ नेकपाका नेता समेत रहेका पूर्वमन्त्री शर्माले पनि आपत्ति जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?