Comments Add Comment

प्रियंका र आयुष्मानको बिहे पार्टीमा को–को पुगे ?(फोटो फिचरसहित)

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी वैवाहिक जीवनमा बाँधिएका छन् । आज उनीहरुले सामाजिक परपम्पार अनुसार बिहे गरेका हुन् ।

प्रियंका र आयुष्मानले बिहेपश्चात आज नै पार्टीको समेत आयोजना गरेका थिए । उनीहरुको पार्टीमा चलचित्रकर्मी, उनीहरुका आफन्त, साथीभाई र परिवारको उपस्थिती बाक्लो थियो । चलचित्र क्षेत्रबाट विशेषगरि, नायिकाहरुको उपस्थिती बाक्लो देखियो । नायिका कार्की र नायक देशराजको बिहे पार्टीमा नायिकाहरु स्वस्तिमा खड्का, वर्षा राउत, ऋचा शर्मा, केकी अधिकारी, रेखा थापा, वर्षा सिवाकोटी, नम्रता श्रेष्ठ, करिश्मा मानन्धर, स्वेता खड्का, संचिता लुइटेल लगायत उपस्थित थिए ।

यस्तै कलाकार संजोग कोइराला, हाँस्य कलाकार सन्दिप क्षेत्री, हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरे, निर्देशक शिवहरि पौडेल, मोडल रीमा विश्वकर्मा पनि पार्टीमा पुगेका थिए ।

यस्तै, निर्देशक दीपाश्री निरौला, निर्माता तथा कलाकार दीपकराज गिरी, निर्माता किरण केसी, कलाकार केदार घिमिरे पनि पार्टीमा उपस्थित भएका थिए । उनीहरुले, आयुष्मान र प्रियंकालाई वैवाहिक जीवनको शुभकामना दिए । नायिका कार्की र नायक देशराजको बिहे लगतै पार्टी आयोजना गरिएकाले पनि उनीहरुलाई वधाई थाप्न भ्याई नभ्याई देखियो । यसैले, यो जोडीले मिडियासँग कुनै प्रतिक्रिया दिएन ।

 

तस्वीरः आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment