+
+
Shares
फ्राइडे रिलिज :

‘झिँगेदाउ २’ र ‘काकी साइँला’ प्रदर्शनमा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते ११:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शुक्रबारदेखि प्रतीक्षित ‘झिँगेदाउ २’ र ‘कार्की साइँला’ नेपालका हलमा प्रदर्शनमा आएका छन्।
  • ज्ञानेन्द्र देउजाको ‘झिँगेदाउ २’ हराएकी आमाको खोजीमा दुई दाजुभाइको संघर्ष र पारिवारिक संवेदना कथामा आधारित छ।
  • राजेन्द्र बस्नेतको ‘कार्की साइँला’ भरिया कार्की साइँलाको जीवन यात्रामा आधारित छ, र यसले पनि पीजी प्रमाणपत्र पाएको छ।

काठमाडौं । शुक्रबारदेखि नेपालका हलमा दुई सोसल ड्रामा फिल्म प्रदर्शनमा आएका छन् । प्रतीक्षित ‘झिँगेदाउ २’ र ‘कार्की साइँला’ हलमा रिलिज भएका छन् ।

ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाउ २’ हराएकी आमाको खोजीका लागि दुई दाजुभाइले गर्ने संघर्षको कथा हो । यसबीच घरका दुई बुहारीको नोकझोंक र पारिवारिक संवेदना पनि यसको कथा हो ।

केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट र हिउँवाला गौतमको शीर्ष भूमिका रहेको फिल्मले केन्द्रीय चलचित्र जाँच समितिबाट पीजी प्रमाणपत्र पाएका छन् ।

यो फिल्मको रनटाइम १४९ मिनेट तय छ ।

शुक्रबार नै, राजेन्द्र बस्नेत निर्देशित फिल्म ‘कार्की साइँला’ पनि नेपालका हलमा प्रदर्शनमा आएको छ । जितु नेपाल, प्रियना आचार्यको शीर्ष भूमिका रहेको यो फिल्मले कार्की साइँला नामक एक भरियाको जीवन यात्राको कथा भन्छ ।

शीर्ष भूमिकामा जितु नेपालले अभिनय गरेका छन् । यो फिल्मले पनि समितिबाट पीजी सर्टिफिकेट पाएको छ भने यसको रनटाइम १२० मिनेट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?