Comments Add Comment

सरकारका कारण देश नीतिगत र संस्थागत भ्रष्टाचारमा डुब्यो : रामचन्द्र पौडेल

१८ फागुन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको असक्षमताका कारण मुलुक नीतिगत र संस्थागत भ्रष्टाचारमा डुबेको बताएका छन् ।

हेटौंडामा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा काण्डैकाण्डमा फसेको दुई तिहाइको दभ्भमा रहेको सरकार आफैं संस्थागत र नीतिगत भ्रष्टाचारमा डुबेको दाबी गरे ।

पदमा बसेर ७० करोड कमिसनको खेलमा लागेका सञ्चारमन्त्री गोकुल बास्कोटाको ढाकछोप प्रधानमन्त्री ओलीले गरिरहेको भन्दै कारबाही नगरे नीतिगत र संस्थागत भष्ट्रचारको विरुद्ध कांग्रेस चरणबद्ध आन्दोलनमा जाने बताए ।

पार्टीभित्र रहेको मतभेदप्रति लक्षित गर्दै नेता पौडेलले सभापति देउवाको प्रवृति र नीतिले व्यक्तिले पद र पैसामा तागत बढाएकोले आफ्नो असहमति रहेको बताए ।

दुई तिहाई सरकारको प्रतिपक्षमा उभिने साहस पनि सभापतिका कारण कमजोर भएको बताए । १४औं महाधिबेशन नजिकिदैं गर्दा पार्टी सभापतिले विभिन्न पद बाँडेर विधान मिचेको आरोप लगाए ।

कार्यक्रममा महामन्त्री शंशाक कोइरालाले महाधिवेसनको संघारमा पार्टी सभापतिले विभाग गठन गरेर मान्छेलाई आकर्षित गर्ने गरेको आरोप लगाए ।

४ वर्षसम्म विभाग गठन नगर्ने अनि महाधिवेसनको संधारमा २८ वटा विभाग गठन गरेर विधान विपरीत काम गरेकोप्रति असहमति रहेको बताए ।

केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टी सभापतिले गठन गरेको विभागले महाधिवेसनलाई प्रभावित पार्ने भन्दै निर्वाचन आचारसंहिता लागू भइसकेपछि गठन प्रक्रियाको विरोध गरिएको बताए ।

पार्टीलाई सुदृढ गर्न, प्रभावकारिता बनाउन पार्टी सभापति शेरबहादुर देउवाले समय सुहाउँदो किसिमले नेतृत्व प्रदान गर्न नसकेको उनले बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य डा. रामशरण महतले सहमतिमा हुनुपर्नेमा काम एकतन्त्र प्रवृतिले गर्दा पार्टीभित्र समस्या रहेको छ । उनले गुट बनाएर होइन एक भएर जानु पर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment