Comments Add Comment

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

१८ फागुन, काठमाडौं । ठगी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले ललितपुरबाट आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैतडीको दशरथचन्द्र नगरपालिका–१ घर भई हाल ललितपुरको नख्खु बस्ने ३२ वर्षीय रमेश बडु रहेका छन् ।

उच्च अदालत पाटनले २०७५ साल कात्तिक १६ गते बडुलाई ठगी मुद्दामा २ महिना ४ दिन कैद र २ लाख ५० हजार जरीवाना सुनाएको थियो ।

महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको टोलीले बडुलाई आइतबार ललितपुरको नख्खुबाट नियन्त्रणमा लिएर जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो ।

नेपाली सेनाका एक जना जवानलाई शान्ति सेना पठाइदिने प्रलोभनमा पारी उनले बैंकमा २ लाख ५० हजार रुपैयाँ जम्मा गर्न लगाई फरार भएका थिए । यस्तै उनले राष्ट्रिय अनुसन्धानमा जागिर लगाई दिन्छु भनी २ जनासँग २४ लाख रुपैयाँ ठगी गरेको अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment