Comments Add Comment

प्रियंकाको बिहेका यी ४ तस्वीर, जुन डिलिट गराइएको थियो

केही समय अगाडि नायिका ऋचा शर्माले नेपालमा रंग पत्रकारिता गर्ने फोटोग्राफरहरुप्रति लक्षित गर्दै भनेकी थिइन्, ‘नेपालमा पापाराजी गर्ने कोही छैन ।’ आफू प्रेममा रहेको र प्रेमीसँग सार्वजनिक कार्यक्रममा पुग्दा पनि कसैले तस्वीर खिच्न नसकेको भन्दै ऋचाले यो जवाफ दिएकी थिइन् ।

एउटा कुरा के सत्य हो भने, सेलिब्रिटी र मिडियाकर्मीबीच लुकामारीको खेल चल्छ । आफूले नचाहेका कुरा मिडियामा नआओस् भन्ने सेलिब्रिटीको चाहना हुन्छ भने मिडियाकर्मी त्यस्ता खबरलाई बाहिर ल्याउन चाहन्छन् । यो लुकामारीको खेल विश्वभर नै चल्छ ।

अब, मुख्य प्रसंगमा प्रवेश गरौ । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले करिब एक साता लगाएर धुमधामसँग बिहे गरे । उनीहरुको बिहेमा मेहन्दी, संगीत सेरेमोनीदेखि कोर्ट म्यारिज र परम्परागत बिहे सबै भयो । उनीहरुले, बिहे पार्टी पनि आयोजना गरे । उनीहरुको बिहे पार्टीमा बाहेक अन्य स्थानमा मिडियालाई खबर गरिएको थिएन । सायद, यही भएर पनि मिडियाकर्मीले उनीहरुको गोप्यताको सम्मान गर्दै तस्वीरका लागि प्रियंका र आयुष्मानको सामाजिक संजाल नै पर्खिएका थिए ।

शुक्रबार बेलुकी ६ बजेपछि पार्टी आयोजना गरिएको थियो । दिनभर उनीहरुले धुमधामले बिहे गरेका थिए । बेलुकी साढे ५ बजेतिर पार्टीमा सहभागी हुन भन्दै अतिथीहरु आउने क्रम सुरु भएको थियो । केही फोटोपत्रकार पनि बिहे परिसरमा पुगेका थिए ।

प्रियंकालाई अन्माउने क्रम चलेको थियो । प्रियंकालाई उनका आफन्तले बोकेर गाडीमा राख्दै थिए । प्रियंका खुशी देखिएकी थिइन् । सोही तस्वीर केही फोटोग्राफरले खिचे ।

यो तस्वीर सार्वजनिक गर्नै नहुने खालको पनि थिएन । अर्कोतिर, देशकै एक चर्चित सेलिब्रिटीको बिहेलाई मिडियाले महत्व दिनु सामान्य कुरा हो । तर, तस्वीर खिचेका फोटोग्राफरले ठूलै गल्ती गरे जसरी उनीहरुको तस्वीर डिलिट गर्न लगाइयो । मिडियाले कलाकारको गोप्यता भंग गरेको भनियो ।

हामीले यहाँ प्रस्तुत गरेका ४ तस्वीर डिलिट गर्न लगाइएको थियो । जसलाई रिकभर गरेर हामीले सार्वजनिक गरेका छौँ । यो तस्वीरमा न कुनै खराबी छ, न गोप्यता भंग नै गरिएको छ ।

तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment