+
+
Shares

प्रचण्डलाई जुत्ता हान्ने व्यक्ति को हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १८ गते १६:४२

१८ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवकको पहिचान खुलेको छ । उनी जुम्ला सिञ्जाको रतन तिरुवा रहेका प्रहरीले जनाएको छ ।

करिब २१ वर्षका उनी लोक सेवा आयोगको परीक्षा तयारीमा थिए । उनका बाबु मनु तिरुवाले सशस्त्र द्वन्द्वमा ज्यान गुमाएको रतनले प्रहरीसँगकाे वयानमा बताएका छन् ।

आइतबार राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको प्रथम स्मृतिसभामा संबोधन गरेर आफ्नो सिटमा फर्किने क्रममा तिरुवाले दर्शक दीर्घाबाट प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए ।

तर, उनको जुत्ता मञ्चसम्म पुगेन र प्रचण्डलाई लाग्न पाएन ।

प्रहरीले तत्कालै तिरुवालाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?