News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा दोलखाले सङ्गठन विस्तार र पार्टी गतिविधि व्यवस्थित गर्न जिल्ला सचिवालय गठन गरेको छ।
- जिल्ला समन्वय समितिको बैठकले नौवटै स्थानीय तहका संयोजक, दुई विभाग र जिल्ला सल्लाहकार परिषद् गठन गरेको छ।
- सङ्गठन विभाग प्रमुखमा अर्जुन कार्की, उपप्रमुखमा सोभित उप्रेती र सचिवमा निशान बुढाथोकी चयन भएका छन्।
६ असोज, दोलखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाले सङ्गठन विस्तार र पार्टी गतिविधिलाई व्यवस्थित बनाउन जिल्ला सचिवालय गठन गरेको छ ।
पार्टी जिल्ला समन्वय समितिको बैठकले नौवटै स्थानीय तहका संयोजक, दुई विभाग र जिल्ला सल्लाहकार परिषद् गठन गरेको छ । बैठकले सङ्गठन विभागको प्रमुखमा अर्जुन कार्की, उपप्रमुखमा सोभित उप्रेती र सचिवमा निशान बुढाथोकीलाई चयन गरेको छ ।
बैठकले जिल्ला समितिका पदाधिकारी तथा सदस्यलाई स्थानीय तहमा समन्वय र सहजीकरणको जिम्मेवारीसमेत दिएको छ। पार्टीले भीमेश्वर नगरपालिकाको संयोजकमा जिल्ला सभापति दिनेश बस्नेतलाई तोकेको छ।
मेलुङमा उपसभापति कृष्णबहादुर खड्का, बैतेश्वरमा सचिव रमेशकुमार श्रेष्ठ र तामाकोशीमा सहसचिव अर्जुन कार्कीलाई जिम्मेवारी दिइएको छ। पालिका अध्यक्षलाई पार्टी सङ्गठन विस्तार र गतिविधिमा सहयोग पुग्ने गरि नयाँ व्यवस्था गरिएको सचिव रमेशकुमार श्रेष्ठले बताए।
हरेक स्थानीय तहबाट कम्तीमा एक जना रहने गरी नौ जनाको विभाग गठन गरिएको छ। रास्वपा दोलखाले जिल्ला सल्लाहकार परिषद्समेत गठन गरेको छ। परिषद्को अध्यक्षको जिम्मोरी बाबुलाल लामा बैतेश्वरलाई दिइएको छ।
बैठकमा केन्द्रीय सदस्य एवं सांसद जगदीश खरेल, सांसद स्मृति सेञ्चुरी, प्रदेश समिति सदस्य प्रकाश खत्री सहभागी थिए।
प्रतिक्रिया 4