News Summary
Generated by OK AI. Editorially reviewed.- तामाकोशी नदीमा आएको बाढीले सडक कटान गर्दा रामेछापको मन्थली र दोलखाको चरिकोट जोड्ने सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।
- दोलखाको तामाकोशी गाउँपालिका-५ किर्नेटारमा गएराति बाढीले सडक भत्काएपछि यातायात सेवा ठप्प भएको प्रहरीले जनाएको छ ।
- सडक अवरुद्ध हुँदा स्थानीयवासी समस्यामा परेका छन् भने प्रशासनले वैकल्पिक मार्ग खुलाउने प्रयास गरिरहेको छ ।
७ साउन, काभ्रेपलाञ्चोक । तामाकोशी बाढीले दोलखाको किर्नेटारमा सडक बगाउँदा पुष्पलाल राजमार्ग पूर्णरूपले अवरुद्ध भएको छ ।
बीपी राजमार्गको वैकल्पिक मार्गसमेत रहेको पुष्पलाल राजमार्गको किर्नेटार खण्ड कटान भएपछि तराईलाई दोलखासँग जोड्ने सडक पूर्णरूपमा अवरुद्ध बनेको हो।
साथै दोलखाबाट तराईसहित कोशी प्रदेशका जिल्ला जाने सवारीसाधन र सिन्धुली, रामेछाप हुँदै दोलखा आउने सवारी साधन पनि चल्न सकेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी मनोज लामाका अनुसार बुधबार मध्यराति तामाकोशीको बाढीले सडक भत्काएपछि यातायात पूर्णरुपमा अवरुद्ध भएको हो ।
उनका अनुसार सडक खुलाउने प्रयास भइरहेको छ ।
‘अहिले राजमार्ग खुलाउनको लागि पालिका, सडक विभाग, खिम्ती जलविद्युत् आयोजनाका प्रतिनिधि, वडा अध्यक्ष र प्रहरी प्रतिनिधिको बैठक बसिरहेको छ । वैकल्पिक सडक खुलाएर यातायात सञ्चालन गर्ने प्रयास भइरहेको छ,’ डिएसपी लामाले भने ।
प्रतिक्रिया 4