+
+
Shares

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशी नदीमा खस्यो

६ यात्रुको उद्धार

दुर्घटनास्थलबाट ६ जनाको उद्धार गरिएको छ । बसमा रहेका यात्रुको संख्या खुलिनसकेको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २७ गते ११:४३

२७ माघ, काठमाडौं । काठमाडौंबाट रामेछापको धोबीहुँदै ओखलढुंगाको पोकली जाँदै गरेको बस तामाकोशी नदीमा खसेको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार रामेछापको मचानेटार भन्ने ठाउँबाट तामाकोशी नदीमा यात्रुवाहक बस खसेको हो ।

प्रदेश ०३-०१-००५ख९९७५ नम्बरको बस दुर्घटनामा परेको खुलेको रामेछापका डीएसपी भोला भट्टले जानकारी दिए ।

बसमा सवार ६ यात्रु भने घाइते अवस्थामा फेला परेकाले उद्धार गरेर उपचारका लागि पठाइएको छ ।

थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?