+
+
Shares

निखिल र वर्षाले बानेश्वरबाट थाले थ्रीलर फिल्म ‘कस्तुरी’ छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २७ गते १२:४०
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निखिल उप्रेती र वर्षा सिवाकोटीले आगामी फिल्म 'कस्तुरी' को छायांकन मंगलबारदेखि ललितपुरको बंगलामुखी मन्दिरमा पूजा गरी सुरु गरेका छन्।
  • निर्देशक ऋत बोहोराले फिल्म काठमाडौं आसपासमा खिचिने र पटकथा आफैंले लेखेको बताए।
  • फिल्ममा शेखर चापागाइँ, निर्मल शर्मा, निशा अधिकारी लगायतको अभिनय रहनेछ र छायांकन ३५ दिनसम्म चल्नेछ।

काठमाडौं । निखिल उप्रेती र वर्षा सिवाकोटीले आगामी फिल्म ‘कस्तुरी’ को छायांकन मंगलबारदेखि थालेका छन् । त्यसअघि बिहान ललितपुरको बंगलामुखी मन्दिरमा शुभसाइत पूजा गरियो ।

निर्देशक ऋत बोहोराले छायांकन थालिएको बताए । उनका अनुसार काठमाडौं आसपासमा फिल्म खिचिनेछ । निखिल र वर्षाले पहिलोपटक स्क्रिन सेयर गर्न लागेका हुन् ।

मध्य बानेश्वरको कावेली गर्ल्स होस्टलबाट छायांकन सुरु भएको हो । पहिलो दिन वर्षा, भोजराज सापकोटा र सवि थापाको दृश्य खिचिएको छ ।

यी बाहेक फिल्ममा शेखर चापागाइँ, निर्मल शर्मा, निशा अधिकारी, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बम्जन, मीरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा, नेहा गौतमको अभिनय हुनेछ ।

‘क्यामियो’ भूमिकामा गौरव पहारी र हेना नगरकोटी देखिनेछन् ।

टेन इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको पटकथा बोहोराले नै लेखेका हुन् । निर्माता धीरजकुमार अग्रवाल हुन् भने सह-निर्मातामा अञ्जली चौधरी छिन् ।

छायांकार आलोक शुक्ला हुन् भने सहायक निर्देशकमा ललित विष्ट छन् । संगीत प्रशान्त शिवाकोटीको छ भने निर्माण व्यवस्थापन दिलिप पन्तले हेर्नेछन् । छायांकन ३५ दिनसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?