+
+
Shares

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते १६:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आसामका दुर्गम नदी टापुमा चल्ने मोबाइल डुङ्गा क्लिनिकले चिकित्सक, औषधि, खोप र आधारभूत प्रयोगशाला सेवा दिँदै हजारौँ बासिन्दाको उपचार गरिरहेका छन्।
  • सन् २००५ मा सुरु भएको ‘आखा’ डुङ्गा क्लिनिक कार्यक्रम अहिले १५ वटा डुङ्गासम्म पुगेको छ र महिनामा करिब २० हजार मानिसले सेवा पाउँछन्।
  • क्लिनिकले विशेषगरी गर्भवती, शिशु र महिलालाई सेवा दिँदै आएको छ, जबकि आसाममा शिशु र मातृ मृत्युदर राष्ट्रिय औसतभन्दा बढी छ।

६ असोज, नलबारी (भारत)। भारतको आसाम राज्यका दुर्गम नदी टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै आएका मोबाइल डुङ्गा क्लिनिक स्थानीय बासिन्दाका लागि उपचारको मुख्य आधार बनेका छन् । ब्रह्मपुत्र नदीका ‘चार’ भनिने अस्थायी टापु तथा बालुवाका थुप्रामा बस्ने हजारौँ मानिसलाई यी क्लिनिकले चिकित्सक, औषधि, खोप र आधारभूत प्रयोगशाला सेवा दिँदै आएका छन् ।

आसाममा दुई हजारभन्दा बढी यस्ता नदी टापु रहे पनि धेरै ठाउँमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको अभाव छ । बाढी र नदी कटानको जोखिममा रहेका बस्तीमा नियमित स्वास्थ्य सेवा पुर्‍याउन कठिन हुने भएकाले सन् २००५ मा सेन्टर फर नर्थ इस्ट स्टडीज एन्ड पोलिसी रिसर्चले ‘आखा’ अर्थात् ‘आशा’ नामको डुङ्गा क्लिनिक कार्यक्रम सुरु गरेको थियो । सरकारी निकाय र युनिसेफको सहयोगमा अहिले १५ वटा डुङ्गा सञ्चालनमा छन् र महिनामा करिब २० हजार मानिसले सेवा पाइरहेका छन् ।

नलबारीको बरबल्ला नदी टापुका बासिन्दा रेकीबुल अमिनले आफूहरू डुङ्गा क्लिनिकमै निर्भर रहेको बताए। उनका अनुसार स्थानीय बासिन्दाले आवश्यक औषधि यहीँबाट पाउँछन् र महिलाले विशेष लाभ लिएका छन्।

क्लिनिकले विशेषगरी मातृ तथा शिशु स्वास्थ्यमा ध्यान दिएको छ । गर्भवतीको प्रसवपूर्व परीक्षण, शिशुको नियमित खोप र आधारभूत उपचार सेवा दिइँदै आएको डुङ्गा क्लिनिकका चिकित्सा अधिकारी हबीबुल हकले बताए

तीन करोडभन्दा बढी जनसङ्ख्या रहेको आसाममा प्रतिहजार जीवित जन्ममा २९ शिशुको मृत्यु हुने गरेको छ भने पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ३४ छ । राष्ट्रिय औसत क्रमशः २४ र २८ रहेको छ । त्यस्तै, प्रतिलाख जीवित जन्ममा आसामको मातृ मृत्युदर १२५ छ भने राष्ट्रिय औसत ८८ छ । गरिबी, निरक्षरता र दुर्गम भौगोलिक अवस्थाले स्वास्थ्य सेवामा पहुँच थप कठिन बनाएको छ।

हकले बाढी र नदी कटानबाट प्रभावित दुर्गम ‘चार’ क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा पुर्‍याउन पाउँदा खुसी लागेको बताए। उनका अनुसार नियमित स्वास्थ्य संस्था पुग्न नसक्ने बस्तीका लागि डुङ्गा क्लिनिक महत्त्वपूर्ण स्वास्थ्य सेवाको माध्यम बनेका छन्।(रासस/एएफपी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?