News Summary
Generated by OK AI. Editorially reviewed.- उच्च अदालत जनकपुरले बलात्कार मुद्दाका आरोपित अच्युतम प्रसाद रिसाललाई जिल्ला अदालत महोत्तरीको थुनामा पठाउने आदेश उल्ट्याउँदै २० हजार धरौटीमा छाड्न आदेश दिएको छ।
- ३६ वर्षीया महिलाले गत ९ वैशाखमा घरमा बलात्कार भएको भन्दै रिसालविरुद्ध जाहेरी दिएकी थिइन्।
- महोत्तरी जिल्ला अदालतले ५ भदौमा रिसाललाई थुनामा पठाउने आदेश गरेको थियो।
६ असोज, जनकपुरधाम । उच्च अदालत जनकपुरले बलात्कारको मुद्दा चलेका एक आरोपितलाई थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई उल्ट्याइदिएको छ ।
उच्च अदालत जनकपुरका कामु मुख्यन्यायाधीश टेकनारायण कुवँर र न्यायाधीश हिमलाल बेल्बासेको इजलासले जिल्ला अदालत महोत्तरीको आदेश उल्ट्याएर २० हजार धरौटीमा छाड्न आदेश दिएको हो ।
जिल्ला अदालत महोत्तरीले थुनामा पठाएका बर्दिबास नगरपालिका २ का रिसाललाई उच्च अदालत जनकपुरले धरौटीमा छाडेको हो ।
गत ९ वैशाखमा आफू घरमा बसेका बेला बलात्कार भएको भनी ३६ वर्षियाा महिलाले रिसाल विरुद्ध जाहेरी दिएकी थिइन् । ५ भदौमा महोत्तरी जिल्ला अदालतले अच्युतम प्रसाद रिसाललाई थुनामा पठाउन आदेश गरेको थियो ।
जिल्ला अदालतको आदेश विरुद्ध रिसाल उच्च अदालत जनकपुर गएका थिए । त्यही निवेदनमाथिको सुनुवाइपछि उच्च अदालतले थुनाको साटो धरौटीमा छाड्न आदेश दिएको हो ।
प्रतिक्रिया 4