Comments Add Comment

लण्डनमा रुचाइयो ‘मारूनी’

‘पूनम इन्टरटेन्टमेन्ट’को व्यानरमा निर्माण भएको चलचित्र ‘मारूनी’लाई लण्डनका दर्शकले रुचाएका छन् । लण्डनमा राखिएको दुई शोमा नै त्यहाँका दर्शकको उत्साहजनक साथ रहेको निर्मात्री पूनम गौतमले बताइन् ।

लण्डनको दुई शहर अल्डरसट र बाल्चिनमा चलचित्रको शो राखिएको थियो । दुबै शो हाउसफुल भएको निर्मात्री पूनमको भनाई छ । उनले भनिन्, ‘दर्शकको उपस्थितीले त खुसी बनाएको नै थियो, त्यो माथि चलचित्रलाई सबैले रुचाउनु भएको छ । त्यसले थप खुसी दिएको छ ।’

दर्शकले चलचित्रको विषयबस्तु र प्रस्तुतीलाई रुचाएका छन् । कलाकारको अभिनयलाई पनि दर्शकले रुचाएका छन् ।

‘चितवन युथ युके’को मुख्य आयोजना गरेको शोमा निर्मात्री पूनम चलचित्रकी मुख्य नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लिएर पुगेकी थिइन् ।

यस चलचित्रले केही देशमा शो सकाइसकेको छ । अब अझै केही देशहरुमा शो बाकीँ रहेको निर्मात्री पूनमले बताइन् । उनले भनिन्, ‘अब हामीले स्कटल्याण्ड, अमेरिका लगायतका देशहरुमा शो गर्नेछौँ ।’

अप्रिल ३ तारिखमा सिक्किम, दार्जिलिङ, सिलिगुढी लगायतका ठाउँहरुमा पनि शो रहेको पूनमले बताइन् ।

नवल नेपालको निर्देशनमा बनेको ‘मारूनी’मा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, रेविका गुरुङको मुख्य भूमिका रहेको छ । तेस्रो लिंगीको कथा बोल्ने यस चलचित्रलाई नेपालमा पनि राम्रो प्रतिकृया मिलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment