Comments Add Comment

सेनाको अनियमिततासम्बन्धी छलफलमा रक्षामन्त्री र प्रधानसेनापति अनुपस्थित

२२ फागुन, काठमाडौं । नेपाली सेनाभित्रको अनियमितताबारे छलफल गर्न राज्य व्यवस्था समितिले बोलाएको बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल अनुपस्थित भएका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापा पनि बैठकमा गएनन् ।

दुवै अनुपस्थित भएपछि समितिको बैठक स्थगित भएको छ । बैठक स्थगित गर्दै समिति सभापति शशी श्रेष्ठले अर्को बैठकमा अनिवार्य उपस्थित हुने सन्देश मन्त्रीसमक्ष पुर्याइदिन रक्षा सचिव रेश्मीराज पाण्डेलाई निर्देशन दिइन् ।

नेपाली सेनाभित्र अनियमितता भएको दाबी गर्दै सांसद् रेनुका गिरीले उजुरी गरेपछि प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले बिहीबारको बैठकमा तालुकदार मन्त्री पोखरेल र प्रधानसेनापति थापालाई बोलाएको थियो ।

तर, बिहीबारको बैठकमा दुवै अनुपस्थित भए । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बिहीबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।

संसदीय समितिको बैठकमा रक्षा सचिव पाण्डे, नेपाली सेनाका पदाधिकारी र समितिका सदस्यहरु थिए । तर, मन्त्रीविना छलफलको औचित्य नहुने भन्दै सांसदहरुले बैठक स्थगित गर्न माग गरे । बैठक स्थगित गर्न माग गर्ने सांसदहरुमा कृष्णगोपाल, झपट रावल, वृजेशकुमार गुप्तालगायत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment