Comments Add Comment

७० वर्षका यी वृद्ध, जसले ४२ वर्षदेखि दिनहुँ चिठी लेखिरहेका छन्

बेलायतको लिभरपुलमा बस्ने ७० वर्षका एकजना वृद्ध आजकल निकै चर्चामा छन् । बर्नी क्यारोल नामका ती व्यक्तिले पछिल्लो ४२ वर्षदेखि हरेक दिन एउटा पत्र लेखेर पठाउँदछन् । उनले आफ्ना पत्रमा हरेक दिन आफ्नो छरछिमेक तथा आसपासका गुनासाहरु लेख्ने गरेका छन् ।

क्यारोलले यसरी हरेक दिन गुनासो गरेर लेख्ने चिठी स्थानीय प्रशासनमा पठाउने गरेका छन् । उनका गुनासोहरुमा कहिलेकाहीँ स्थानीय प्रशासनले कारबाही पनि गर्ने गरेको छ । तर उनले गुनासो गर्ने असंख्य झिनामिसना कुराहरुमा चाहिँ प्रशासनले ध्यान दिइसाध्य हुँदैन । तथापि उनले हरेक दिन गुनासो पत्र लेख्न छाडेका छैनन् ।

क्यारोलले पहिलोपटक सन् १९७८ मा प्रशासनलाई यस्तो गुनासो पत्र लेख्न सुरु गरेका थिए । त्यसयता उनले दिनहुँ पत्र लेखिरहेका छन् ।

आफुले लेखेका पत्रहरुको भलै खास मूल्य होस् वा नहोस् तरपनि आफूले आफ्ना कुराहरु सबैका अगाडि राख्ने गरेको उनी बताउँछन् । साथै आफ्ना पत्रहरुकै कारण कुनै ठूलो परिवर्तन हुँदैन भन्ने पनि उनलाई थाहा छ । तरपनि उनी आफ्नो काममा रोकिएका छैनन् ।

उनका अनुसार यसरी प्रशासनलाई पत्राचार गरेर मनका भँडास पोख्न पाउँदा आफ्नो फ्रस्टेसन तथा डर दूर गर्न निकै सहयोग पुगेको उनको अनुभव छ । समाजको जुन कारणले मनमा रिस पैदा हुन्छ सोही आक्रोसलाई शब्दमा आकार दिएर पत्र लेख्ने गरेको उनी बताउँछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment