Comments Add Comment

कोरोनाबारे सावधानी अपनाउनुपर्नेमा त्रास फैलाइयो : सांसद अधिकारी

२३ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसद खगराज अधिकारीले कोरोना भाइरसको संक्रमण रोक्न सावधानी अपनाउनुपर्नेमा झन् त्रास फैलाइएको टिप्पणी गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभामा प्रस्तुत जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्दै सांसद अधिकारीले कोरोना भाइरस रोकथामका लागि सचेतना फैलाउन सबै पक्ष सचेत हुनुपर्ने बताए ।

‘सेलिब्रेटी, सञ्चारकर्मी र अरु सबैलाई परिचालन गरेर मनोपरामर्शलाई जोड दिनुपर्नेछ । किनकी अनावश्यक सन्त्रास फैलाइएको छ’ उनले भने ‘सावधानी अपनाउनुपर्ने ठाउँमा त्रास फैलाइएको छ । यसतिर ध्यानदिनुपर्छ । र, कोरोना भाइरसविरुद्ध नेपाल लड्न सक्छ भन्ने पूर्व अभ्यास गर्नुपर्नेछ ।’

नेपालले कोरोना भाइरस रोकथामका लागि अहिले गरेको प्रयास उपयुक्त रहेको भन्दै सांसद अधिकारीले हेल्थ डेस्कमा अझ राम्रो सुरक्षा प्रबन्ध र सेफ्टी किटको व्यवस्था गर्नुपर्ने बताए ।

कोरोना भाइरसविरुद्ध लड्न चीन सरकारले देखाएको सामथ्र्य प्रशंसनीय भन्दै सांसद अधिकारीले चीन नजिक भएकाले नेपाल खतरामा रहेको बताए ।

‘हाम्रो आवागमन वैदेशिक रोजगारीको हिसाबले पनि दक्षिण कोरिया, मध्यपूर्व लगायतका देशहरु र मलेसियामा छन् भने अनअराइभल भिसा आसियन मुलुकहरुमा छन् । त्यसकारण हामीले तिनलाई ट्याकल गर्ने र सूचना लिनुपर्ने चनौती खडा भएको छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment