Comments Add Comment

इटलीमा मुलुकभर आपतकालको घोषणा

२६ फागुन, काठमाडौं । कोरोना भाइरस नियन्त्रणको लागि इटलीले मुलुकभर आपतकालको घोषणा गरेको छ ।

भाइरसको प्रकोप बढेसँगै यसअघि केही क्षेत्रमा लागू गरिएको आपतकालीन अवस्थालाई मुलुकभर विस्तार गरिएको हो । अहिले घोषणा गरिएअनुसारको आपतकालीन अवस्थामा भ्रमण, तथा सार्वजनिक भेलामा समेत मुलुकभर प्रतिबन्ध लगाइएको छ ।

सोमबार प्रधानमन्त्री ग्युसेपे कोन्टेले मानिसहरुलाई घरमै बस्न र अनुमति लिएर मात्र कुनै महत्वपूर्ण यात्रामा जान आग्रह गरेका छन् । इटलीसँग धेरै रहेको नभएको भन्दै उनले मुलुक कोरोना भाइरसबाट बचाउन यस्तो गर्नुपरेको बताए ।

सोमबार मात्र इटलीमा कोरोना भाइरसबाट ९७ जनाको ज्यान गएको थियो । र, आइतबारयता नयाँ संक्रमितको संख्या पनि २४ प्रतिशत बढेको छ ।

चीनपछि कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुक इटली हो ।

इटलीको सबै २० प्रान्तमा यो भाइरसको संक्रमण देखिएको छ ।

सरकारले राति अबेरसम्म नबस्न र रातको समयमा पार्टी नगर्न निर्देशन दिएको छ ।

मुलुकभर सबै फुटबल खेलमा रोक लगाइएको छ । विद्यालय र विश्वविद्यालययहरु अप्रिल ३ सम्मका लागि बन्द गरिएको छ । कुनै महत्वपूर्ण काम तथा परिवारिक कामबाहेक भ्रमणमा प्रतिबन्ध लगाइएको छ ।

सरकारको निर्णयविरुद्ध इटलीका विभिन्न जेलमा हिंसा भड्किएको छ । यस क्रममा केही मानिसहरुको ज्यान पनि गएको छ भने केही कैदीहरु जेलबाट भागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment