Comments Add Comment

चिनियाँ एयरलाइन्सलाई अहिलेसम्मकै ठूलो नोक्सानी

२९ फागुन, काठमाडौं । चिनियाँ वायु सेवा कम्पनीले गत फेब्रुअरी महिनामा अहिलेसम्मकै ठूलो नोक्सानी सामना गरेका छन् ।

फेब्रुअरीमा चिनियाँ एयरलाइन्स कम्पनीले ३ अर्ब डलर बराबरको नोक्सानी सामना गरेका हुन् । मुलुकभर फैलिएको कोरोना भाइरसको कारण हजारौं उडान रद्द भएसँगै चिनियाँ एयरलाइन्स कम्पनीले उक्त नोक्सानी सामना गरेका हुन् ।

बिहीबार चीनको नागरिक उड्ययन विभाग (सीएएसी)ले दिएको जानकारी अनुसार फेब्रुअरीमा हवाई यात्रु पनि ८४ दशमलव ५ प्रतिशत घटेका हुन् । साथै कार्गोको आकार पनि २१ प्रतिशत घटेर २ लाख ९७ हजार टनमा आइपुगेको छ ।

कोरोना भाइरसको कारण फेब्रुअरीमा दैनिक १० हजार उडान रद्द भएका थिए । यससँगै समग्रमा करिब दुई तिहाइ उडान रद्द भएका थिए । सीएएसीले आर्थिक र सामाजिक जीवन सामान्य बनेसँगै उडान पनि पूर्ववत् सञ्चालन हुने बताएको छ ।

मार्चको पहिलो साता चीनमा ४० प्रतिशत आन्तरिक उडान शुरु भएको छ । अहिले चिनियाँ एयरलाइन्सहरुले भाडा घटाउँदै आफ्नो व्यवसायमा फर्किने प्रयास गरिरहेका छन् । चीनमा मात्र नभई कोरोना भाइरसको कारण विश्वभरको एयरलाइन्स कम्पनी प्रभावित बन्नसक्ने विभिन्न अध्ययनले देखाएका छन् ।

गत मार्च ५ मा सार्वजनिक भएको अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए)को आकलन अनुसार यो भाइरसको कारण विश्वभरका एयरलाइन्सले १३ अर्ब डलरको नोक्सानीको सामना गर्न सक्ने बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment