Comments Add Comment

मन्त्रीको निर्देशनपछि २४ घण्टाभित्रै जोडियो विद्युत लाइन

७ चैत, विराटनगर । पाँच वर्षयताको विद्युत महसुल नतिरेपछि मोरङ सुनसरीका दुई उद्योगको विद्युत कटौती भएको २४ घण्टा नबित्दै पुनः जोडिएको छ ।

सुनसरीको खनारमा रहेको रिलायन्स स्पिनिङ मिल र विराटनगरको रघुपति जुट मिलको विद्युत लाइन काटिएको २४ घण्टा नबित्दै पुनः जोडिएको हो ।

विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र र इटहरी वितरण केन्द्रले एकै दिन दुई उद्योगको लाइन कोटका थिए ।

विराटनगर रानीमा रहेको रघुपति जुट मिलले २०७२ सालयता १५ करोड ५५ लाख रुपैयाँ महसुल तिरेको छैन । रिलायन्सले एक अर्ब ५० करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।

पाँच वर्ष यता उद्योगले महसुल भुक्तानी नगरेपछि बुधबार लाइन कटौती गरेका थिए । तर संघीय सरकारका उद्योग मन्त्री र उर्जामन्त्रीको निर्देशनपछि बिहीबार पुनः लाइन जोडिएको हो ।

विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राजिवकुमार सिंहले महसुल नतिर्ने रघुपतिको लाइन काटेपनि केन्द्रबाट निर्देशन आएका कारण पुनः जडान गरिएको बताए ।

औद्योगिक ग्राहक रहेको रिलायन्सले २०७२ सालयता १ अर्ब ५० करोड रुपैयाँ महसुल नतिरेको विद्युत प्राधिकरण इटहरीका केन्द्रका प्रमुख मिथिलेशकुमार गोइबारले जानकारी दिए ।

विराटनगर रानीस्थित रघुपति जुटमिले १५ करोड ५५ लाख ६८ हजार रुपैयाँ शुल्क बुझाएको छैन ।

डेडिकेटेड लाइन प्रयोग गरेका जुट उद्योगलाई राज्यले सहुलियत दिएको छ । तर दुई उद्योगमा भने प्राधिकरणले मनोमानी गर्न खोजेको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताए ।  उनका अनुसार पूर्व निर्णय बिना दुई उद्योगलाई छुट्टै महसुल कायम गर्न अन्यायपूर्ण रहेको बताए ।

विद्युत लाइन काटिएपछि मोरङ व्यापार संघको टोलीले मुख्यमन्त्री शेरधन राईलाई भेटेर संकटको बेला अन्याय भएको बताएका थिए । मुख्यमन्त्री राईले पनि विद्युत जोड्न निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment