Comments Add Comment

शिखरदीप सहकारीका खाद्यन्नमा ५ प्रतिशत छुट

९ चैत, काठमाण्डौं । खाद्यन्न लगायतका विभिन्न दैनिक उपभोग्य वस्तु उत्पादन गर्दै आएको शिखरदीप बहुउद्देश्यीय सहकारी संस्था गठ्ठाघरले आफना उत्पादनमा ५ प्रतिशत छुट दिने भएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको त्रासका कारण नेपाली बजार समेत प्रभावित बनिरहेको सन्र्दभमा सहकारीले यो योजना ल्याएको हो ।

सहकारीका अध्यक्ष केदारनथाथ शर्माका अनुसार हाल काठमाण्डौ उपत्यकाका कीर्तिपुर, पाटनको मंगलबजार, बागबजार, न्यूरोड, महाराजगंज, कौशलटार, सल्लाघारी र सूर्यविनायक गरि ८ स्थानमा रहेका सेवा काउन्टरबाट यस कम्पपनीले उत्पादन गरेका खाद्यान्न किन्न सकिन्छ ।

सदस्य सेवा काउन्टरबाट उपभोक्ताहरुले दैनिक उपभोग्य बस्तुको खरिदमा ५ प्रतिशतसम्मको छुट दिने व्यवस्था मिलाइएको हो । सहकारीले अहिले उपकार ब्राण्डमा चामल, दाल, मैदा, चिनी, चियापत्ती, घिउ, तेल, जाम लगायतका दर्जनौ उपभोग्य बस्तु उत्पादन गर्दै आइरहेको छ ।

उद्योगमा करिव १ महिनासम्मका लागि पुग्ने खाद्यन्न सामग्री रहेको अध्यक्ष शर्माले जानकारी दिए । संकटका समयमा सरकारलाई सघाउन र नागरिकलाई अफठ्यारोमा साथ दिन छुटको व्यवस्था गरेको उनको भनाई छ ।
बजारमा अहिले दैनिक उपभोग्य बस्तुमा कालाबजारी बढ्दै गएको सन्र्दभमा आफना शेयर सदस्य तथा अन्य उपभोक्तालाई राहात उपलब्ध गराउन यो व्यवस्था गरिएको अध्यक्ष शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment