Comments Add Comment

स्वास्थ्यकर्मीलाई पीपीई र प्रोत्साहन भत्ता दिने निर्णय

९ चैत, काठमाडौं । सरकारले संलग्न हुने स्वास्थ्यकर्मीहरुलाई पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई) लगायतका सुरक्षा उपकरण उपलब्ध गराउने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि आवश्यक सबै उपकरण उपलब्ध गराउने निर्णय गरेको हो ।

सुरक्षा किट नहुँदा कोरोना भाइरस (कोभिड १९) सँग मिल्दोजुल्दो लक्षण भएका विरामी अस्पताल जाँदा पनि चिकित्सकहरु त्रसित हुने अवस्था छ । चिकित्सकहरुले पीपीई लगायतका सुरक्षा उपकरण उपलब्ध गराउन माग गर्दै आएका थिए ।

बैठकले फ्रन्ट डेस्कमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई ५० देखि शतप्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।

यसअघि कोरोनासम्बन्धी उच्चस्तरीय समितिले २५ देखि ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले त्यसलाई बढाएर ५० देखि शतप्रतिशत बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment