Comments Add Comment

सौराहाका सबै होटल तथा रेष्टुरेन्ट बन्द

१० चैत, चितवन । देशकै तेस्रो पर्यटकीय गन्तव्यका रुपमा रहेको चितवनको सौराहाका सबै होटल तथा रेष्टुरेन्टहरु सोमबारदेखि बन्द भएका छन् ।

क्षेत्रीय होटल संघ सौराहा तथा रेष्टुरेन्ट व्यवसायी समितिको बैठकले चैत २१ गतेसम्म सबै होटल तथा रेष्टुरेन्ट बन्द गर्ने निर्णय भएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए । उनले भने, ‘अब चलाउन नसक्ने अवस्था भयो, सबै साथीहरुको सहमतिमा बन्द गर्ने निर्णय गरेका हौं ।’

सौराहामा ११६ वटा होटल छन् भने, ८० रेष्टुरेन्ट छन् । रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले सौराहामा बाहिरबाट आन्तरिक तथा बाह्य पर्यटक आउने र उनीहरुकै कारण संक्रमण फैलिनसक्ने देखिएकोले बन्द गरिएको बताए । ‘नत राम्रोसँग ब्यापार हुने नत जोखिम नै कम हुने अवस्था देखिएपछि बन्द गर्ने निर्णय गर्‍यौं’ खतिवडाले भने ।

क्वारेन्टाइन/आइसोलेसनका लागि होटल उपलब्ध गराउने घोषणा

होटल व्यवसायीहरुले चार हजार बेड क्वारेन्टाइन वा आइसोलेसन जे का लागि सरकारले माग्छ त्यसका लागि दिने निर्णय पनि व्यवसायीहरुले गरेका छन् ।

तीन हजार केन्द्रीय सरकारका लागि र बाँकी एक हजार पूर्वी चितवनका चार नगरपालिकाका बिरामीहरुका लागि उपलब्ध गराउने निर्णय भएको अध्यक्ष भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment