Comments Add Comment

त्रिविमा व्यवस्थापन संकायको अनलाइन अध्ययन शुरु

१६ चैत, काठमाडौं । कोरोना भाइरस महामारीले गर्दा मुलुकको जनजीवन भइरहँदा पनि त्रिविको व्यवस्थापन संकायले भने नयाँ पद्धतिबाट अध्ययन सुरु गरेको छ ।

सारा देश नै अहिले बन्द छ र बाहिर निस्कन मिल्ने अवस्थामा छैन । यस्तोबेलामा पढाईमा असर नपरोस् भन्नको लागि नयाँ पद्धतिको सुरुवात गरिएको व्यवस्थापन संकायका अधिकारीहरु बताउँछन् ।

अध्ययनका लागि नियमित कलेज क्याम्पस धाउनु पर्ने बेला मुलुकमा कोरोना रोकथामको लागि लकडाउन गरिएपछि विभागले समेत नयाँ प्रविधिको प्रयोग गरी कक्षा सञ्चालन सुरु गरेको हो ।

व्यवस्थापन संकायको एमफिल कार्यक्रम अन्तर्गतका कक्षा सञ्चालनको लागि विभागले जुम एपमार्फत् अनलाइन पढाई सुरु गरेको विभागमा एमबिए अध्ययनरत विद्यार्थी समीरराज विष्टले जानकारी दिए ।

व्यवस्थापन संकायका डीन प्राडा डिल्लीराज शर्माको निर्देशनमा र एमफिल डिपार्टमेन्टको निर्देशक डाक्टर महानन्द चालिसेको निरीक्षणमा अनलाइन पढाई सञ्चालनमा आएको विभागले जनाएको छ । शुक्रबार पहिलो सेसन पढाई भएको थियो भने आज दोस्रो सेसनको पढाई भएको विष्टले जानकारी दिए ।

आइतबारको सेसनमा एमफिल कार्यक्रमका निर्देशक डा महानन्द चालिसे र व्यवस्थापन संकायका सहायक डीन प्राडा ध्रुव कुमार गौतमले अध्यापन गराएका थिए । कूल २९ जना विद्यार्थीले यो प्रविधिमार्फत् अध्ययन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment