Comments Add Comment

पानामाभित्र क्वारेन्टाइन आदेश : महिला र पुरुष सँगै निस्कन नपाउने

१८ चैत, काठमाडौं । सेन्ट्रल अमेरिकी मुलुक पानामाले मुलुकभर लगाइएको लकडाउनमा लंैगिक आधारमा हिँडडुलका लागि छुट दिने निर्णय गरेको छ ।

सोमबार पानामाले कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि सरकारले विभिन्न प्रतिवन्ध पनि लगाएको छ । साथै, मानिसहरुलाई घरभित्रै बस्न आग्रह गरिएको छ । त्यहाँ एक सातादेखि जारी लकडाउन आगामी १५ दिनसम्म रहने बीबीसीले जनाएको छ ।

त्यहाँ क्वारेन्टाइनबारे आदेश पनि जारी गरिएको छ । जसमा महिला र पुरुषलाई फरक फरक दिनमा बाहिर निस्किन अनुमति दिइएको छ । सरकारले गरेको घोषणा अनुसार महिलाले सोमबार, बुधबार र शुक्रबार मात्र दुई घण्टा अत्यावश्यक वस्तु खरिदका लागि घरबाट बाहिर निस्कन पाउनेछन् भने पुरुषले मंगलबार, बिहीबार र शनिबार घरबाट बाहिर निस्कन पाउनेछन् ।

आइतबार भने कसैलाई पनि घरबाट बाहिर निस्किने अनुमति छैन । रक्षामन्त्री जुआन पिनोले यो क्वारेन्टाइन केवल आफ्ना नागरिकको ज्यान बचाउन ल्याइएको बताएका छन् । उनका अनुसार गत साता क्वारेन्टाइन अवज्ञा गर्ने दुई हजार जनालाई पानामाबाट पक्राउ गरिएको थियो ।

पानामामा तीन साता अघि पहिलो पटक कोरोना संक्रमण भेटिएको थियो । तर, त्यसयता एक हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने २७ जनाको ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment