Comments Add Comment

वीरगञ्जबाट दुई जनाको स्वाब काठमाडौं पठाइयो

२० चैत, वीरगञ्ज । कोरोना संक्रमणको आशंकामा पर्साको ठोरी गाउँपालिका–२ बाट वीरगञ्ज ल्याइएका युवक र उनको भाइको ‘थ्रोट स्वाब’ संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको छ ।

कोरोना भाइरस (कोभिड-१९) संक्रमणको लक्षणसँग मिल्दो जुल्दो लक्षण युवकमा देखिएपछि स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको हो । उनीसँगै आएका नातामा भाई पर्ने व्यक्तिको पनि नमुना संकलन गरी जाँचका लागि पठाइएको छ । बुधबार नै स्वाब जाँचका लागि एम्बुलेसमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पठाइएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए ।

यो पनि पढ्नुहोस ज्वरोका बिरामीको पीडा : एम्बुलेन्सले बोक्न मानेन, गाउँलेले बाटो छेके

‘दुईजना मध्ये संक्रमणको आशंका गरिएका व्यक्ति भारतको दिल्लीबाट आएका हुन् । उनीसँगै आएकोले अर्को व्यक्तिको पनि नमुना संकलन गरेर पठाएका छौं,’ डा उपाध्यायले भने ‘एम्बुलेन्समा पठाएका थियौं, राति नै टेकु पुर्‍याएर आइसकेको छ ।’

कोरोना भाइरस संक्रमणको आशंका भएपनि उनलाई ठोरी गाउँपालिकाको टिपरमा राखेर नारायणी अस्पतालमा पठाइएको थियो । चैत १८ गते राति अस्पताल आइपुगेका उनीहरुलाई प्रारम्भिक जाँचपछि आईसोलेसनमा राखिएको छ ।

नारायणी अस्पतालमा हाल ५ बेडेको आइसोलेसन छ भने थप २० वटा बनाईंदैछ । अस्पतालले दुई साता अघि पनि एक जनाको नमुना परीक्षणका लागि टेकु पठाएको थियो । भारतबाट आएका ती व्यक्तिको रिपोर्ट नेगेटिभ आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment